+
+
Shares

झापामा आगलागी हुँदा एक करोड ३० लाखको क्षति

झापाको दमक नगरपालिका-९ स्थित एउटा थुक्पा उद्योग र एउट घरमा आगलागी हुँदा एक करोड ३० लाखबराबरको क्षति भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते ६:३६

२५ पुस, बनियानी (झापा) । झापाको दमक नगरपालिका-९ स्थित एउटा थुक्पा उद्योग र एउट घरमा आगलागी हुँदा एक करोड ३० लाखबराबरको क्षति भएको छ ।

दमक-९ का पदम भण्डारीद्वारा सञ्चालित स्वस्तिक थुक्पा उद्योगमा आज विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

आगलागीबाट उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छ भने सोही उद्योगसँगै रहेको तीनतले पक्की घरमा समेत आगो सल्किँदा घरभित्र रहेका सम्पूर्ण सामान जलेका प्रवक्ता खड्काले बताए ।

आगो दमक नगरपालिका, उर्लाबारी नगरपालिका, गौरादह नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाका बारुण यन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा निभाइएको थियो ।

उद्योग र घर पूर्ण रूपमा जलेर नष्ट हुँदा एक करोड ३० लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?