News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वमिस्टर नेपाल सन्तोष उपाध्यायले अछाम २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका छन्।
- नेपाली कांग्रेस अछामले उनलाई प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा केन्द्रमा सिफारिस गरेको छ।
- सन्तोषले हावर्डबाट स्नातकोत्तर गरेका छन् र सन् २०१९ का मिस्टर नेपाल विजेता हुन्।
काठमाडौं । पूर्वमिस्टर नेपाल तथा टिभी होस्ट सन्तोष उपाध्यायले अछाम २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालबाट उनले आफूलाई सघाउन आग्रह समेत गरेका छन् ।
नेपाली कांग्रेस अछामले उनको नामलाई प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा केन्द्रमा सिफारिस गरेको छ । यदि त्यसो नभए, स्वतन्त्र उम्मेदवारको रुपमा भएपनि चुनाव लड्ने तयारी उनको छ ।
चाँडै अछामतिर लागेर चुनावको तयारी तीव्ररुपमा अघि बढाउने उनको योजना छ । जेनजी आन्दोलनपछि उनले नेविसंघबाट राजीनामा समेत दिएका थिए ।
अछाम जिल्ला घर भएका सन्तोष चिकित्सक हुन् । महाराजगञ्जको त्रिवि शिक्षण अस्पतामा छात्रवृतिमा नाम निकालेका सन्तोषले पढाइसँगै करारको २ वर्ष अछामको कमलबजार प्राथमिक स्वास्थ्यकेन्द्रमा सेवा दिएका थिए ।
उनी हावर्डबाट ‘लिडरसिफ इन मेडिसिन’ विषयमा स्नातकोत्तर गरेर नेपाल फर्किएका हुन्। उनी सन् २०१९ का मिस्टर नेपालका विजेता समेत हुन् ।
सन् २०२१ मा पोल्याण्डमा भएको मिस्टर सुपरनेसनल प्रतियोगितामा तेस्रो रनर अप बन्न सफल भएका थिए । उनले कान्तिपुर टिभीमा गुड मर्निङ नेपालका टिभी होस्टको रुपमा समेत काम गरिसकेका छन् ।
देश बनाउनुपर्छ भन्ने लागेर आफू राजनीतिमा होमिन लागेको उनले बताए । सरकारले २१ फागुनलाई प्रतिनिधिसभा चुनावको मिति तोकेको छ ।
प्रतिक्रिया 4