News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले स्थानीय बजारमा सुकेको नेपाली लसुनको भाउ घटेको तथ्यांक सार्वजनिक गरेको छ।
- नेपाली सुकेको लसुनको भाउ बुधबार थोकमा प्रतिकिलो ३० रुपैयाँ घटेर १७५ रुपैयाँमा किनबेच भइरहेको छ।
- चिनियाँ लसुनको भाउ पुस दोस्रो साता प्रतिकिलो न्यूनतम ४ सयदेखि अधिकतम ५ सय रुपैयाँसम्म पुगेको थियो।
३० पुस, काठमाडौं । स्थानीय बजारमा सुकेको लसुनको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार लसुनको भाउ घटेको देखिएको हो ।
बजारमा चिनियाँ र नेपाली गरी दुई प्रकारका लसुन किन्न पाइन्छ । आज बुधबार सुकेको नेपाली लसुनको भाउ घटेको तथ्यांकले देखाउँछ । आज सुकेको नेपाली लसुनको भाउ थोकमा प्रतिकिलो औसत ३० रुपैयाँ घटेको छ ।
हिजो मंगलबार नेपाली सुकेको लसुन प्रतिकिलो २ सय ५ रुपैयाँमा किनबेच भएको थियो । आज १ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । चिनियाँ लसुन प्रतिकिलो थोकमा २ सय ८२ रुपैयाँमा किनबेच भइरहेको छ ।
पुस दोस्रो साता चिनियाँ लसुन प्रतिकिलो थोकमा न्यूनतम ४ सयदेखि अधिकतम ५ सय र औसतमा ४ सय ५६ रुपैयाँसम्म पुगेको थियो । यस्तै नेपाली लसुन प्रतिकिलो थोकमा न्यूनतम २ सय २० देखि अधिकतम २ सय ८९ र औसत २ सय ४७ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया 4