+
+
Shares

टाटाको ‘बिग स्विच’ अफर, पुराना गाडी साटेर नयाँ अपग्रेड गर्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा 'न्यू इयर बिग स्विच' कार्यक्रम सार्वजनिक गरेको छ।
  • जनवरी १५ देखि १८ गतेसम्म सञ्चालन हुने कार्यक्रममा ग्राहकले पुराना गाडी साटेर टाटाका नयाँ सवारीमा अपग्रेड गर्न पाउनेछन्।
  • कार्यक्रममा टाटाका गाडी बुकिङ गर्ने ग्राहकले उपहार, नगद छुट, निःशुल्क चार्जिङ र एक वर्षको सवारी कर छुट पाउनेछन्।

३० पुस, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा विशेष ‘न्यू इयर बिग स्विच’ कार्यक्रम सार्वजनिक गरेको छ ।

जनवरी १५ देखि १८ तारिख (माघ १ देखि ४ गते) सम्म सञ्चालन हुने यस चार दिने विशेष कार्यक्रम मार्फत ग्राहकले आफ्ना पुराना जुनसुकै गाडी साटेर टाटाका अत्याधुनिक सवारी साधनमा अपग्रेड गर्ने अवसर पाउने छन् ।

‘यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहकलाई आफ्नो पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कनु उपलब्ध गराउँदै नयाँ सवारीको अनुभव दिलाउनु हो’ कम्पनीले विज्ञप्तिमा भनेको छ ‘योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार प्राप्त गर्नेछन् भने आकर्षक नगद छुटको सुविधा समेत उपलब्ध छ ।’

विशेष गरी विद्युतीय सवारी साधनप्रति रुची राख्ने ग्राहकहरूका लागि कम्पनीले आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र निःशुल्क होम चार्जिङ जडानजस्ता सहुलियतहरू प्रदान गरेको छ ।

यसका साथै नयाँ गाडी खरिद गर्दा ग्राहकले एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिज जस्ता सुविधाहरू समेत पाउनेछन् । टाटाका ईभी र आईसीई सेगमेन्टका टियागो, नेक्सन, पञ्च, सफारी र कर्भ ईभी लगायतका चर्चित मोडलहरूमा केन्द्रित यस अत्याधुनिक यातायातको पहुँचलाई थप सहज बनाउने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?