+
+
Shares

दीपको उज्यालोमा सम्झिए प्रशान्त

तेजन खड्का तेजन खड्का
२०८२ माघ १ गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधनपछि उर्लाबारीमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।
  • प्रशान्त तामाङ ४३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएका थिए र उनी इन्डियन आइडलका विजेता थिए।
  • उनी नेपाली चलचित्रमा अभिनय गरेका थिए र भारतीय सैनिक सेवामा आवद्ध थिए, जहाँ उनले राष्ट्रसेवाको अनुशासनलाई जीवनको मूल्य बनाएका थिए।

उर्लाबारी । उर्लाबारी–९, दुर्गापुरी आज साँझ असामान्य रूपमा मौन थियो । हातमा जलिरहेको दीप, आँखामा आँसु र मनमा अपूरणीय खालीपन बोकेर सयौँ मानिस एकै ठाउँमा उभिएका थिए ।

कारण एउटै थियो — गायक तथा अभिनेता  प्रशान्त तामाङको असामयिक विदाइ ।

उनको तस्बिरअगाडि दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरिँदै गर्दा वातावरण झन् भावुक बनेको थियो । गीतले जीवन दिएको र स्वरले लाखौँ मन छोएको कलाकार आज स्मृतिमा मात्र सीमित भएको यथार्थले सबैलाई स्तब्ध बनाइरहेको थियो ।

शोकसभामा उर्लाबारी – ८ का वडा अध्यक्ष कुलबहादुर कार्की र उर्लाबारी – ९ का वडा अध्यक्ष नरबहादुर मोक्तानसहित सामाजिक अभियन्ता, कलाकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो ।

सहभागीहरूले प्रशान्तलाई गायक मात्र नभई सरल, अनुशासित र देशप्रेमी व्यक्तित्वका रूपमा स्मरण गरे ।

प्रशान्त तामाङ ४३ वर्षको उमेरमा हृदयघातका कारण संसारबाट विदा भएका हुन् । उनी चर्चित भारतीय रियालिटी शो ‘इन्डियन आइडल’का विजेता थिए । उक्त जितसँगै उनले नेपाली युवाहरूका लागि अन्तर्राष्ट्रिय मञ्चमा सपनाको ढोका

खोलिदिएका थिए ।

गीत–संगीतसँगै उनले आधा दर्जनभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका थिए । साथै, उनी भारतीय सैनिक सेवामा समेत आवद्ध थिए, जहाँ उनले राष्ट्रसेवाको अनुशासनलाई जीवनको मूल मूल्य बनाएका थिए ।

‘गोर्खा पल्टन’ र ‘मन साइँली’ जस्ता उनका गीत आज पनि नेपाली मनमा गुञ्जिरहेका छन् । ती गीतहरूमा संगीत मात्र होइन, भावना र आत्मा पनि मिसिएको थियो ।

शोकसभामा मोरङ राजघाट डटकमले प्रशान्तले ‘इन्डियन आइडल’  जितेपछि दुर्गापुरीमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएको स्मरण पनि गरियो । उक्त ऐतिहासिक क्षण सम्भव बनाउन योगदान दिने राजकुमार थापा, पोस्ट डागी र नेत्र गुरुङलाई पनि उपस्थितहरूले सम्झिए ।

कार्यक्रममा उर्लाबारी–८ र ९ घेदुङ घेदुङका अध्यक्ष रत्न मोक्तान तामाङले ‘राम्रो काम गरेर राखेको कृति कहिल्यै मर्दैन’ भन्दै प्रशान्तको योगदान सदैव जीवित रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?