२३ मंसिर, काठमाडौं । जेनजी शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।
मंगलबार साँझ संसद् भवन अगाडि जेनजी शहीदको स्मरणमा दीप प्रज्वलन गरिएको हो ।
शहीद परिवार, घाइते परिवार लगायतका युवाहरूले दीप प्रज्वलन गरेका हुन् ।
दीप प्रज्वलन कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल समेत सहभागी भएका थिए ।
सो क्रममा उनले जेनजी शहीद योद्धाका अधुरा सपना पूरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै यो सरकारको प्रमुख कार्यभार भएको बताए ।

गृहमन्त्री अर्यालले शहीदका सपनालाई साकार पार्नु यो सरकारको चुनाव पछिको अर्को प्रमुख जिम्मेवारी भएको बताए ।
गत २३ र २४ भदौमा जेनजीहरूले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेका थिए ।
आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडेर संसद् भवनमा प्रवेश गर्न खोजेपछि प्रहरीले चलाएको गोली लागेर जेनजी प्रदर्शनकारीहरूको मृत्यु भएको थियो ।
सरकारले जेनजी आन्दोलनका ४५ जना शहीदहरूलाई जेनजी सुशासन योद्धाका रूपमा सम्मान गर्ने निर्णय समेत गरिसकेको छ ।
प्रतिक्रिया 4