
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
मंगलबार आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका देउवाले उक्त आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
उनी पत्नी आरजु राणा देउवासहित पार्टी कार्यालय सानेपा पुगेका छन् ।
सानेपामा आजबाट केन्द्रीय समिति बैठक सुरु भएको छ । उक्त बैठकको सुरुमै सम्बोधन गरेका देउवाले जेनजी शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
‘भाद्र २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । दु:खद यस घडीमा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइते भएका सबैमा स्वास्थ्य लाभको कामना गर्दछु,’ देउवाले भने ।
जेनजी आन्दोलनको क्रममा देउवा गम्मीर घाइते भएका थिए ।
प्रतिक्रिया 4