+
+
Shares

सुधन गुरुङ देखेर भक्कानिइन् जेनजी शहीद रसिककी आमा (तस्वीरहरू)

रसिककी आमा रचनालाई रास्वपाले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाएको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ चैत ३ गते ११:४९

३ चैत, काठमाडौं । जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा रचना खतिवडा सुधन गुरुङलाई भेट्दा भक्कानिएकी छन् । सुधनले उनलाई अंगालो हालेर सान्त्वना दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ललितपुरको ग्वार्कोमा आयोजना गरेको अभिमुखीकरणमा भेट भएका बेला सुधन र रचनाबीच भेट भएको थियो । रचनाले सायद आफूलाई सम्हाल्न सकिनन् अनि भक्कानिइन् ।

भ्रष्टाचारको विरोध र सुशासनको माग गर्दै काठमाडौंबाट सुरु भएको जेनजी पुस्ताको आन्दोलनमा सुधन गुरुङ पनि सहभागी थिए । सोही आन्दोलनको क्रममा काभ्रेका २३ वर्षीय रसिक खतिवडालाई गोली लागेको थियो ।

रसिककी आमा रचनालाई रास्वपाले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाएको छ । सुधन भने गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?