News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीबाट रसिक खतिवडाकी आमा रचना खतिवडा समानुपातिक सांसद बन्ने भएकी छिन्।
- रसिक खतिवडा २३ भदौको जेनजी आन्दोलनमा सुरक्षाकर्मीकर्मीको गोलीबाट ज्यान गुमाएका थिए।
- रास्वपाले समानुपातिक सूचीमा रचना खतिवडासहित ४८ महिलालाई सांसद बनाएको छ।
२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जेनजी आन्दोलनमा शहीद भएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री सांसद बन्ने भएकी छिन् ।
खसआर्य महिलातर्फ दोस्रो स्थानमा रहेकी खतिवडा समानुपातिक सांसदका लागि सिफारिसमा परेकी हुन् । काभ्रेका २३ वर्षीय रसिकले २३ भदौको जेनजी आन्दोलनमा सुरक्षाकर्मीकर्मीको गोलीबाट ज्यान गुमाएका थिए ।
रास्वपाले समानुपातिक सूचीमा उनको नाम समावेश गरेसँगै रचना चुनावी प्रचारमा खटिएकी थिइन् ।
उनको गृह जिल्ला काभ्रेको दुवै क्षेत्र रास्वपाले जितेको छ भने समानुपातिकमा पनि पहिलो दल बनेको छ । रास्वपाले उनी सहित ४८ महिलालाई समानुापातिक सांसद बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4