+
+
Shares

घण्टी बजाएर सुरु भयो रास्वपा सांसदको अभिमुखीकरण (तस्वीरहरु)

यो समाचार तयार पार्दासम्म कार्यक्रममा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने देखिएका छैनन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ चैत ३ गते १२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा सुरु भएको छ।
  • उपाध्यक्ष डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रम उदघाटन गरेका छन्।
  • रास्वपाले फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ र समानुपातिकबाट ५७ सांसद जितेको छ।

३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रम उदघाटन गरेका छन् ।

यो समाचार तयार पार्दासम्म कार्यक्रममा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने देखिएका छैनन् । उपसभापति अर्यालले स्वास्थ्य र कार्यव्यस्तताका कारण आज पहिलो दिनको कार्यक्रममा रवि र बालेन सहभागी हुन नसकेको जानकारी गराए ।

ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा आयोजित कार्यक्रममा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका रास्वपा सांसदहरु सहभागी छन् ।

जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा रचना खतिवडा सुधन गुरुङलाई भेट्दा भक्कानिएकी थिइन् । सुधनले उनलाई अंगालो हालेर सान्त्वना दिएका थिए ।

फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिक निर्वाचन प्रणालीबाट थप ५७ सांसद पाएको छ ।

पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बुधबारसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा पार्टीका नेता र विषय विज्ञहरुको प्रस्तुति हुनेछ ।

हेर्नुहोस् कार्यक्रममा सहभागीहरु–

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?