+
+
Shares

छुटेका जेनजी शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय

प्राधिकरणले यसअघि नै २७ जना शहीद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले जेनजी आन्दोलनका छुट भएका ८ शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ।
  • यो निर्णय ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले गरेको हो।
  • प्राधिकरणले यसअघि २७ शहीद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको छ।

२६ चैत, काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो ।

जेनजी आन्दोलनका घाइते व्यक्तिलाई राहत  उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ को बुँदा नम्बर ११ र नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ ३२, कार्तिक १७ गते, २०८२ साल) मा भएको व्यवस्था अनुसार छुट भएका ८ जना शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय भएको उर्जामन्त्रीको सचिवालयले जनाएको छ ।

प्राधिकरणले यसअघि नै २७ जना शहीद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको छ ।

थप ८ शहीद परिवारमध्ये रोजित श्रेष्ठ बनस्थली, अम्बिका विश्वकर्मा उदयपुर, सुमित्रा महत सिन्धुपाल्चोक, शितल पौडेल, मौसम कुलुङ संखुवासभा, पार्वती अधिकारी सर्लाही, हेमन्ती विष्ट बझाङ र मञ्जु पौडेल लम्जुङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?