News Summary
Generated by OK AI. Editorially reviewed.- नेत्रविक्रम चन्द (विप्लव) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच कार्यगत एकता गर्ने सहमति भएको छ।
- उनीहरूले बिहीबार ४ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
- सहमति अनुसार सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, संविधान संशोधन गर्ने र भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने योजना छ।
१ माघ, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।
बिहीबार विप्लव र ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।
यस्तो छ ४ बुँदे सहमति
सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने
जेन-जी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने
आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन र स्थिर सरकार गठन गर्ने
भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने
ढुंगाना नेतृत्वको जेनजी समूहले आज माइतीघरमा प्रदर्शन पनि गरेको थियो । सोक्रममा ढुंगानाले जेनजी विद्रोहबाट अर्थहीन निर्वाचनमात्रै पाएको टिप्पणी गरे ।
अहिले नयाँ भन्नेहरुले संविधान उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेको भन्दै संविधान सच्याउन जरुरी रहेको उनको भनाइ थियो । ‘पात्र मात्र गलत होइनन्, यो सिस्टम पनि गलत छ । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको छ,’ उनले भने, ‘व्यक्ति र पात्रमा मात्र होइन, संविधानमा पनि समस्या छन् ।’
प्रतिक्रिया 4