+
+
Shares

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन: गगन थापा

निर्वाचन आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिता दिएपछि अनलाइनखबरसँग कुराकानी गर्दै थापाले भने, ‘हामी कसैलाई काखा पाखा गर्दैनौं । कांग्रेस पार्टी भृकुटीमण्डलमा आयोजित विशेष महाधिवेशनमा नआउनेको पनि हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते २०:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा कसैलाई काखापाखा नगरिने स्पष्ट पारेका छन्।
  • निर्वाचन आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिता दिएपछि उनले टिकट वितरणमा कसैले हारेको महसुस गर्न नपर्ने बताए।
  • थापाले वैशाखमै नियमित महाधिवेशन गर्ने प्रतिबद्धता जनाउँदै पार्टीको काममा एकढिक्का भएर लाग्न आह्वान गर्नुभयो।

२ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा कसैलाई काखापाखा नगरिने बताएका छन् ।

निर्वाचन आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिता दिएपछि अनलाइनखबरसँग कुराकानी गर्दै थापाले भने, ‘हामी कसैलाई काखा पाखा गर्दैनौं । कांग्रेस पार्टी भृकुटीमण्डलमा आयोजित विशेष महाधिवेशनमा नआउनेको पनि हो ।’

उनले थपे, ‘टिकट वितरणमा कसैले हारेको महसुस गर्नुपर्दैन । जित र हारको रूपमा लिएर जाने अवस्था सिर्जना हुँदैन । कसैलाई प्रतिशोध राखिंदैन ।’

सभापति थापाले यसअघि तोकिएअनुसार वैशाखमै नियमित महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘आजैदेखि एकढिक्का भएर पार्टीको काममा लागौं ।’

सभापति थापासँगको वार्ता केहीबेरमा अनलाइनखबरमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?