+
+
Shares
क्रिएटर्स मेला २०२६ :

प्रियंका, इभा, कवितासहितका ‘कन्टेन्ट क्रिएटर’ ले चितवनमा बाँडे डिजिटल अनुभव

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी दूतावासले आयोजना गरेको ‘क्रिएटर्स मेला २०२६’ चितवनको होटल सिराइचुलीबाट सुरु भएको छ।
  • मेलामा ८०० भन्दा बढी युवा डिजिटल क्रिएटर्स सहभागी भएका छन् र प्यानल छलफल, कार्यशाला लगायत कार्यक्रम सञ्चालन भएका छन्।
  • मेलाले १० माघमा नेपालगञ्ज र १६-१७ माघमा काठमाडौंमा कार्यक्रम निरन्तरता दिनेछ र ‘पिच टु सक्सेस’ मुख्य आकर्षण हुनेछ।

काठमाडौं । अमेरिकी दूतावासको आयोजनामा यसवर्षको ‘क्रिएटर्स मेला २०२६’ सुरु भएको छ । शनिबार चितवनको होटल सिराइचुलीबाट चौंथो संस्करणको मेला सुरु भएको हो ।

यससँगै नेपालको ‘डिजिटल क्रिएटर’ इकोसिस्टमलाई सशक्त बनाउने उद्देश्यसहित बहु-सहर कार्यक्रमको औपचारिक सुरुवात भएको पनि दूतावासले जनाएको छ ।

चितवनमा पहिलो पटक आयोजना गरिएको मेलामा ८०० भन्दा बढी युवा तथा उदीयमान डिजिटल क्रिएटर्सको सहभागिता थियो । दिनभर चलेको कार्यक्रममा दुईवटा हलमा समानान्तर रूपमा प्यानल छलफल, स्पटलाइट संवाद, प्रयोगात्मक कार्यशाला, प्रत्यक्ष प्रस्तुति तथा प्रमुख पिच टु सक्सेस कार्यक्रम सञ्चालन गरिएका थिए ।

चितवन कार्यक्रममा प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ, आनन्द बगरिया र सन्ध्या केसीजस्ता वक्ता र कलाकारको उपस्थिति थियो । साथै टुबी गेमर, इभा गिरी, श्रीशेष मानन्धर, एकता तन्डुकार, नेपाल एट्थ वन्डर र द- केओएस लगायतका क्रिएटर्सले पनि अनुभव बाँडे ।

कार्यक्रम समापन चर्चित गायक याबेश थापाको प्रत्यक्ष सांगीतिक प्रस्तुतिसँगै गरिएको थियो । मेलाले १० माघमा नेपालगञ्जमा निरन्तरता पाउनेछ भने १६ र १७ माघमा काठमाडौंमा दुईदिने फिनाले आयोजना हुनेछ ।

काठमाडौं कार्यक्रमको मुख्य आकर्षणमा ‘पिच टु सक्सेस’ रहनेछ, जहाँ छनोट गरिएका क्रिएटर्सले नेपालका अग्रणी कर्पोरेट नेतृत्वसमक्ष आफ्ना व्यवसायिक अवधारणा प्रस्तुत गर्दै प्रत्यक्ष प्रतिक्रिया र मार्गदर्शन प्राप्त गर्नेछन् ।

यस वर्षको विषयवस्तु ‘भिजन टु भेन्चर’ राखिएको छ । यसको उद्देश्य डिजिटल कथावाचन र व्यवसायिक उद्यमशिलताको दूरी घटाउनु रहेको दूतावासले जनाएको छ । प्रविधि, डिजिटल प्लेटफर्ममार्फत हुने आम्दानी र डिजिटल व्यवसाय विकासमा रहेको अमेरिकी विज्ञतालाई समेट्दै मेलाले क्रिएटर्सलाई आफ्नो सिर्जनात्मक प्रभावलाई दीर्घकालीन पेशा र व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्ने जनाइएको छ ।

“क्रिएटर्स मेला २०२६ ले नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ बनाउने अमेरिकाको प्रतिबद्धता झल्काउँछ,” नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, “ज्ञान, सीप र सञ्जाल विस्तारमार्फत हामी उद्यमशीलता र रोजगारी सिर्जनालाई सहयोग गरिरहेका छौँ ।’

उनले नेपाली क्रिएटर्सलाई स्थानीय प्रभावमा मात्र सीमित नराखी अमेरिकी व्यावसायिक साझेदार तथा विश्वव्यापी बजारमा सफल हुने अवसरतर्फ अघि बढाउन हामी प्रतिबद्ध रहेको पनि बताए । सन् २०२३ मा सुरुवात भएको क्रिएटर्स मेलाको यसवर्ष चौंथो संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?