News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल लेयर्स कुखुरापालक संघले चितवनलाई आधार मानेर अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ।
- एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ४ सय ८०, ठूलो अन्डाको ४ सय ६५ र मिडियम अन्डाको ४ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ।
- ढुवानी भाडा, कार्टुन र क्रेट खर्चबापत प्रतिपेटी १ सय ३० रुपैयाँ अतिरिक्त शुल्क लाग्ने संघका सचिव मदन पोखरेलले बताए।
५ माघ, काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ ।
काठमाडौं र बनेपामा सम्पन्न संघको भौतिक बैठक तथा देशभरिका अन्डा उत्पादक किसानको सुझाव र सिफारिसका आधारमा संघले आज सोमबारदेखि लागु हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
चितवनलाई मुख्य आधार मानेर देशभरिका लागि अन्डाको फार्म मूल्य तय गरिएको छ ।
संघका सचिव मदन पोखरेलका अनुसार एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ४ सय ८० रुपैयाँ, ठूलो अन्डाको ४ सय ६५ रुपैयाँ र मिडियम अन्डाको ४ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ ।
चितवनबाट अन्डा लोड भई देशका विभिन्न भागमा रहेका बिक्री डिपोहरूमा पुर्याउँदा लाग्ने ढुवानी भाडा, कार्टुन र क्रेटको खर्चबापत प्रतिपेटी १ सय ३० रुपैयाँ अतिरिक्त शुल्क लाग्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4