+
+
Shares

निफ्राको नाफासँगै घट्यो प्रतिसेयर आम्दानी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते ११:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
  • कम्पनीको खुद नाफा ३६.१५ प्रतिशत घटेको छ र खुद ब्याज आम्दानी २९ प्रतिशतले कम भएको छ।
  • बैंकको सीडी रेसियो ६९.५८ रहेको छ जसले थप कर्जा लगानीका लागि पर्याप्त रकम रहेको संकेत गर्दछ।

७ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ३६.१५ प्रतिशत घटेको छ । कम्पनीले चालु आवको ६ महिनजामा ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा कम्पनीको नाफा ६४ करोड १९ लाख रुपैयाँ थियो । कम्पनीको खुद ब्याज आम्दानी नै घटेपछि नाफामा प्रभाव परेको हो । कम्पनीको खुद ब्याज आम्दानी २९ प्रतिशत घटेको छ । पहिले यस्तो आम्दानी १ अर्ब ४ करोड रुपैयाँ रहेकोमा अहिले ७४ करोडमा खुम्चिएको छ ।

पुस मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा ३४ करोड ७८ लाख रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८० पैसा छ । पहिले यस्तो आम्दानी ५ रुपैयाँ त्यस्तै प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७५ पैसा छ ।

बैंकको सीडी रेसियो ६९.५८ मात्रै छ । जसले थप कर्जा लगानीका लागि बैंकसँग पर्याप्त रकम रहेको संकेत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?