+
+
Shares

श्रेय घोषालसँग एकै मन्चमा उभिएर रोनीष्माले गरिन् ‘कोक स्टुडियो’ कन्सर्टको होस्टिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोक स्टुडियो भारतले गत साता आफ्नो पहिलो भव्य लाइभ कन्सर्ट आयोजना गरी हजारौँ दर्शकलाई अविस्मरणीय संगीत अनुभव दिलाएको छ।
  • कार्यक्रमको होस्टिङ नेपाली होस्ट रोनीष्मा श्रेष्ठले गरेकी थिइन् र उनले सामाजिक सञ्जालमा आफ्नो अनुभव साझा गरेकी छन्।
  • सुप्रसिद्ध गायिका श्रेया घोषाल लगायतका कलाकारको प्रस्तुति कार्यक्रममा समावेश थियो र दर्शकले भरपूर मनोरञ्जन लिएका थिए।

नयाँ दिल्ली । कोक स्टुडियो भारतले गत साता आफ्नो पहिलो भव्य लाइभ कन्सर्ट आयोजना गर्दै संगीतप्रेमीलाई अविस्मरणीय अनुभव दिलाएको छ । स्टुडियोमा सुन्दै आएको लोकप्रिय संगीत यसपटक प्रत्यक्ष स्टेजमा प्रस्तुत गरिएको थियो ।

कन्सर्टमा भारतका चर्चित गायक-गायिकाले शानदार प्रस्तुति दिए । सुप्रसिद्ध गायिका श्रेया घोषालले आफ्ना हिट गीत गाएर दर्शकलाई मन्त्रमुग्ध बनाइन् । त्यस्तै आदित्य रिखारी, रश्मीत कौर र अन्य कलाकारको प्रस्तुति पनि दर्शकले निकै रुचाए ।

कार्यक्रममा हजारौँ दर्शक सहभागी थिए । गीत-संगीतसँगै दर्शकले नाचे, गाए र भरपूर मनोरञ्जन लिए । यो कन्सर्ट केवल संगीत कार्यक्रम मात्र नभई भारतको विविध सांगीतिक संस्कृतिको उत्सव बनेको थियो ।

कार्यक्रमको होस्टिङ ‘द भ्वाइस अफ नेपाल किड्स’ बाट चर्चामा आएकी चर्चित नेपाली होस्ट रोनीष्मा श्रेष्ठले गरेकी थिइन् । उनको सह-होस्टमा आरजे ग्लेन साल्डान्हा थिए ।

कार्यक्रमपछि रोनीष्माले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कोक स्टुडियो भारतको कार्यक्रम होस्ट गर्न पाउनु र आइकनिक श्रेया घोषालसँग एउटै स्टेजमा उभिनु मेरो जीवनको अविस्मरणीय सम्झना हो । उहाँको आवाज जादुजस्तै छ, जसले मनलाई शान्त बनाउँछ र सबै भावना एकैपटक महसुस गराउँछ । यस्तो अद्भुत शो होस्ट गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरिरहेकी छु ।’

रोनीष्माले कन्सर्टका तस्वीर र भिडियो इन्स्टाग्राममा पनि साझा गरेकी छन् । उनको प्रस्तुतिको प्रशंसा गर्दै नेपाली सेलिब्रेटी नीति शाह र स्वस्तिमा खड्काले रोनीष्मा यो अवसरको पूर्णरूपमा हकदार भएको बताएका छन् ।

कोक स्टुडियो भारतले लाइभ संगीतमार्फत संस्कृति, भावना र मानिसलाई एकसाथ जोड्ने प्रयासलाई अझ बलियो बनाएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?