+
+
Shares

‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जोडी बाँध्दै विजय र अञ्जना

कथाको लागि उनीहरूलाई रोजेको हुँ : निर्देशक पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सारंगी फिल्म्सको कथानक फिल्म ‘सिन्दुरे जात्रा’ मा विजय बराल र अञ्जना बराइली शीर्ष भूमिकामा अनुबन्धित भएका छन्।
  • ‘सिन्दुरे जात्रा’ को निर्देशन ‘पूर्णबहादुरको सारंगी’ फेम्ड सरोज पौडेलले गर्नेछन् र छायांकन जेठदेखि सुरु हुने अपेक्षा छ।
  • सरोज पौडेलले भने, “यो सिन्दुरे जात्राको कथा भन्ने सिनेमा होइन” र अन्य कलाकार अनुबन्ध गर्ने प्रक्रिया जारी छ।

काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको कथानक फिल्म ‘सिन्दुरे जात्रा’ को शीर्ष भूमिकामा विजय बराल र अञ्जना बराइली अनुबन्धित भएका छन् ।

सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ पछि यी दुई कलाकारले स्क्रिन सेयर गर्न लागेका हुन् । रोचक के छ भने, यो फिल्मलाई ‘पूर्णबहादुरको सारंगी’ फेम्ड सरोज पौडेलले निर्देशन गर्नेछन् ।

सरस्वती पूजाको अवसरमा शुक्रबार दुई कलाकारलाई अनुबन्ध गर्दै फिल्मको घोषणा गरिएको हो । यी तीनजना पुनः दोस्रो प्रोजेक्टमा एक भएका हुन् । ‘पूर्णबहादुरको सारंगी’ ले घरेलु बक्सअफिसमा ४६ करोड ८७ लाख नेरु ग्रस कमाएको थियो ।

‘सिन्दुरे जात्रा’ मा अन्य कलाकारलाई क्रमशः अनुबन्धित गरिने बताइएको छ । ‘सिन्दुरे जात्रामा अब हामी चरित्र सुहाउँदो कलाकार अनुबन्ध गराउँदै जानेछौँ’ निर्देशक सरोजले भनेका छन्, ‘कलाकार फाइनल गरेर अरु काम सुरु गर्नेछौँ ।’

“विजय र अञ्जना अहिलेका रुचाइएका कलाकार हुन् । तर, हामीले बजारले रुचाएका कलाकार भनेर लिएका हैनौँ,” पौडेल भन्छन्, ‘कथाले नै उहाँहरूलाई मागेपछि अनुबन्ध गराएका हौँ ।”

के यो सिन्दुर जात्राबारे आधारित फिल्म हुनेछ ? पौडेलले यो फिल्म त्यसबारे नरहेको बताए । ‘सत्य हो, छनक त्यही देखिन्छ । सिन्दुरे जात्रासँग कहीँ कतै सिनेमा जोडिएला पनि, तर मैले नढाँटी भन्दा यो सिन्दुरे जात्राको कथा भन्ने सिनेमा होइन’ उनले भने ।

यसको छायांकन जेठदेखि सुरु हुने अपेक्षा छ । ‘वेलकम टु हेम्जाकोट’ निर्देशकको तेस्रो फिल्म ‘कोशेढुंगा’ हालै रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?