+
+
Shares

पूर्वका जिल्ला घुमेर काठमाडौं फर्किए बालेन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १० गते १९:११

१० माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर जनकपुर हुँदै पूर्वका जिल्ला पुगेका रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन् ।

उनी शनिबार अपरान्ह इटहरी पुगेका थिए । त्यहाँबाट विमानमा उनी काठमाडौं फर्किएका हुन्  । इटहरीमा केहीबेर उनले समर्थकसँग गाडीबाटै भेटघाट गरेका थिए ।

गत ४ माघमा बालेनले पदबाट राजीनामा दिएका थिए । लगत्तै सोही दिन उनी जनकपुर पुगेका थिए ।

जनकपुरमा माघ ५ गते आयोजित सभामा सहभागी भएर उनी त्यहाँबाटै झापा गएका थिए ।

झापा–५ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएका बालेन त्यसपछि पूर्वका केही जिल्लामा पुगे ।

इलाम, ताप्लेजुङ, पाँचथर र तेह्रथुमका विभिन्न क्षेत्रमा पुगेर समर्थकलाई उनले भेट गरेका थिए । शनिबार बिहान धनकुटा सदरमुकाम पुगेका बालेन त्यहाँ भने गाडीबाट नओर्लि फर्किएका थिए ।

झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका शाह त्यस आसपासका जिल्लामा चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?