+
+
Shares

उम्मेदवारले नै अर्कै जिल्लाको नाम राखेर फेसबुकमा भोट मागेपछि…

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १० गते २१:५८

१० माघ, काठमाडौं । देशभर चुनावी सरगर्मी बढेको छ । उम्मेदवारी दर्ता गराएसँगै उम्मेदवारहरू जनताका घर घरमा भोट माग्दै पुग्न थालेका छन् ।

जेनजी आन्दोलनपछि बदलिएको समीकरणकाबीच नयाँ दलहरू पनि चुनावी मैदानमा छन् ।

उम्मेदवारहरू सामाजिक सञ्जालदेखि जनताका दैलोसम्म भोट माग्द व्यस्त देखिन्छन् ।

विशेषगरी सामाजिक सञ्जालमा आफ्ना प्रोफाइलबाटै उम्मेदवारहरू दिन प्रतिदिन विभिन्न कन्टेन्ट बनाउँदै मतदातासमक्ष मतदानका लागि हारगुहार गरिरहेका छन् ।

यसैबीच शनिबार साँझ सञ्जालमा सिन्धुपाल्चोक–२ का एमाले उम्मेदवार शेरबहादुर तामाङले एउटा पोस्ट गरे । उनको पोस्टबारे यतिबेला सञ्जालमा चर्चा सुरु भएको छ । तामाङ अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार थिए । तर, पराजित भए ।

उनले सञ्जालमा उनले आफूलाई एकजना वृद्ध आमाले टिका लगाउँदै गरेको तस्वीर राखेर स्टाटस लेखेका थिए । स्टाटसको सुरुमै उनले ‘संविधान बनाउने अनुभवी हात…’ लेखेर सुरु गरेका छन् ।

फरक फरक समयमा सम्पादन गरिएको तामाङको स्टाटस

तर, आफ्नै जिल्लाको नाम भने फरक लेखिदिए । साँझ ७ बजेर १२ मिनेटमा उनले लेखेको स्टाटसमा ‘सुखी र समृद्ध बारा बनाउने साझा सपना पूरा गरेरै छाड्नेछौं’ लेखिदिए । केही तल उनले ‘सूर्य’ चिन्हको गौरव र बाराका जनताको भविष्यको जित हो’ पनि लेखेका छन् ।

केहीबेरमै सञ्जालमा उनको स्टाटसबारे चर्चा सुरु भयो ।

७ बजेर ३९ मिनेटमा तामाङले स्टाटस एडिट गरे । तर, फेरि उनको दोस्रो मिस्टेक भइहाल्यो । स्टाटसमा लेखेको एउटा ‘बारा’ शब्द त हट्यो, अर्को भने बाँकी नै रह्यो ।

त्यसको पाँच मिनेटपछि फेरि स्टाटस एडिट भयो । ८ बजेर ४४ मिनेटमा एडिट भएको स्टाटसमा मात्रै उनले दुवै बारा शब्द हटाएर सिन्धुपाल्चोक बनाएका छन् ।

चुनावी रापताप चर्को भइरहेको बेला विपक्षीहरूले उनले लेखेको यो स्टाटसबारे अहिले सञ्जालमा बहस गरिरहेका छन् ।

यो क्षेत्रमा नेकपाबाट युवराज दुलाल, कांग्रेसबाट वंशलाल तामाङ र रास्वपाबाट अजय श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?