+
+
Shares

काठमाडौं उपत्यकामा पहिलो हिउँदे वर्षा (तस्वीरहरू)  

काठमाडौं उपत्यकामा यो वर्षको पहिलो हिउँदे वर्षा आज भएको हो ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ माघ १४ गते १८:०५

१४ माघ, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागमा मंगलबार रातिदेखि नै वर्षासँगै भारी हिमपात भएको छ ।

काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि धुम्म भए पनि दिउँसो भने वर्षा भएको हो । यो वर्षको पहिलो हिउँदे वर्षा पनि हो । वर्षासँगै काठमाडौंमा चिसो समेत बढेको छ । तुवाँलो र प्रदूषणले ढाकेको काठमाडौं उपत्यकाको आकाश पनि खुल्ने विश्वास गरिएको छ  ।

विभिन्न कामले घरबाहिर निस्किएका सर्वसाधारणहरू रुझेरै आ-आफ्नो गनतव्य तर्फ गइरहेको देख्न सकिन्थ्यो भने कतिपय मानिसहरू छाता तथा रेनकोट ओडेर यात्रा गरिरहेको देख्न सकिन्थ्यो ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?