+
+
Shares

गुल्मीमा ३ महिने शिशुको हत्या, बाबु पक्राउ

अनिल खत्री अनिल खत्री
२०८२ माघ १५ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको इश्मा गाउँपालिका–२, छल्दीटारमा तीन महिनाका शिशुको हत्या भएको छ।
  • हत्या आरोपमा शिशुका बाबु ४६ वर्षीय सन्तबहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको छ।
  • प्रहरीले घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा टोली घटनास्थल पुगेको छ।

१५ माघ, गुल्मी । गुल्मीको इश्मा गाउँपालिका–२, छल्दीटारमा तीन महिनाका शिशुको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले शिशुका बाबु ४६ वर्षीय सन्तबहादुर कुमाललाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार मादक पदार्थी सेवन गरेका सन्तबहादुरले शिशुलाई टिपेर भुइँमा पछार्दा घटनास्थलमै मृत्यु भएको हो ।

सन्तबहादुरकी जेठी छोरी सरिताले घटनाबारे हस्तीचौर प्रहरी चौकीमा खबर गरेपछि सुरक्षाकर्मी घटनास्थल पुगेका थिए ।

प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्तवको कमाण्डमा खटिएको टोलीले आरोपित सन्तबहादुरलाई नियन्त्रणमा लिएका थियो ।

डीएसपी सारुका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?