+
+
Shares

नेपालमा ‘बोर्डर २’ को कमाइ २ करोड नाघ्यो, अन्य ६ विदेशी फिल्मको कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन्नी देओल स्टारर फिल्म ‘बोर्डर २’ ले नेपालमा २ करोड २१ लाख ९३ हजार ९१० नेरु ग्रस कमाएको छ।
  • ‘बोर्डर २’ का लागि ६९ हजार ६६ वटा टिकट बिक्री भएका छन्।
  • प्रभास स्टारर भारतीय फिल्म ‘द राजा साब’ले नेपालमा १ करोड ७७ लाख नेरु ग्रस कमाएको छ।

काठमाडौं । सन्नी देओल स्टारर फिल्म ‘बोर्डर २’ को नेपाल कमाइ २ करोड नेरु ग्रस नाघेको छ । सिनेपाः बक्सअफिसले पछिल्लो शनिबार अर्थात १७ माघसम्मको विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार, ‘बोर्डर २’ को अहिलेसम्मको कुल कलेक्सन २ करोड २१ लाख ९३ हजार ९१० नेरु ग्रस कमाएको छ । यसका ६९ हजार ६६ वटा टिकट बिक्री भएका छन् ।

क्रिस प्राट स्टारर हलिउड फिल्म ‘मर्सी’ ले ३ लाख ३९ हजार नेरु ग्रस कमाएको छ । ‘ट्वेन्टि एट इयर्स लेटर’ को कुल कमाइ ८ लाख ७५ हजार नेरु ग्रस छ ।

सिड्नी स्विनी स्टारर हलिउड फिल्म ‘द हाउसमेड’ ले १२ लाख ५२ हजार नेरु ग्रस कमाएको छ । प्रभास स्टारर भारतीय फिल्म ‘द राजा साब’को कलेक्सन १ करोड ७७ लाख नेरु ग्रस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?