+
+
Shares

बाजुराका ६२ मतदानस्थल अतिसंवेदनशील

जिल्लाका ७७ वटा मतदानस्थलमध्ये ६२ अतिसंवेदनशील, १२ संवेदनशील र ३ सामान्य गरी वर्गीकरण गरिएको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते १४:३१

१८ माघ, बाजुरा । बाजुरा जिल्ला सुरक्षा समितिले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा तयारी तीव्र पारेको छ ।

सुरक्षा योजनाअनुसार निर्वाचनका लागि मतदानस्थल निरीक्षण, सुरक्षाकर्मी तथा कर्मचारी परिचनालन, शान्तिपूर्ण र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायविच समन्वय लगायतका तयारी भइरहेको सु्‌रक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

उनले जिल्लामा निर्वाचन प्रहरी भर्ना छनोट भइसकेको र सुरक्षाकर्मी तथा कर्मचारी परिचालनका लागि विवरण संकलन कार्य भइरहेको जानकारी दिए ।

जिल्लाका ७७ वटा मतदानस्थलमध्ये ६२ अतिसंवेदनशील, १२ संवेदनशील र ३ सामान्य गरी वर्गीकरण गरिएको उनले बताए ।

निर्वाचन प्रयोजनका लागि निर्वाचन सुरक्षाका दृष्टिले मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा राखिएको उनको भनाइ छ ।

अतिसंवेदनशील र संवेदनशील मतदान स्थलमा सम्भावित जोखिम, विगतका निर्वाचन अनुभव, भौगोलिक अवस्था, राजनीतिक गतिविधि तथा स्थानीय परिस्थिति लगाएतलाई आधार बनाएर सुरक्षा व्यवस्था कडाइ गरिने निरौलाले बताए ।

एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र भएको बाजुरामा एक स्वतन्त्र सहित ७ दलका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । उनीहरूले हरेक निर्वाचनमा तिता घटना हुने गरेको भन्दै आगामी निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र स्वतन्त्रपूर्वक मतदान गर्न पाउने वातावरण सिर्जना गर्नका लागि ९ बुँदे सामूहिक प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन् ।

बाजुरामा हाल कुल ८७ हजार ८ सय ६१ जना मतदाता संख्या छन् । जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना छन् । त्यस्तै ७७ वटा मतदानस्थल र एक सय १८ मतदान केन्द्र कायम गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?