+
+
Shares

सङ्खुवासभामा निर्वाचन प्रहरीलाई दिइयो आधारभूत तालिम

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि छनोट भएका निर्वाचन प्रहरीलाई सङ्खुवासभा आइतबारदेखि तालिम दिन सुरु गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते १७:२३

१८ माघ, सङ्खुवासभा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि छनोट भएका निर्वाचन प्रहरीलाई सङ्खुवासभा आइतबारदेखि तालिम दिन सुरु गरिएको छ । निर्वाचन सुरक्षाका लागि परिचालन हुने निर्वाचन प्रहरीलाई १० दिने आधारभूत तालिम दिन थालिएको हो ।

निर्वाचनमा खटिनेलाई जिल्लाका चार ठाउँमा तालिम सञ्चालन गरिएको हो । निर्वाचन प्रहरीमा दरखास्त दिई उत्तीर्ण गरेको निर्वाचन प्रहरीलाई आधारभूत तालिम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार प्रसाद मैनालीले बताए ।

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन प्रहरीको महोत्त्वपूर्ण भूमिका रहने प्रहरी नायब उपरीक्षक मैनालीले बताए । तालिमबाट प्राप्त भएका सीप र ज्ञानलाई व्यवहारमा उतारेर निर्वाचनलाई सफल पार्नुपर्ने बताए ।

निर्वाचन प्रहरीको तालिम जिल्ला प्रहरी कार्यालय परिसर,इलाका प्रहरी कार्यालय चैनपुर, वाना र हेदाङ्नागढी इलाका प्रहरी कार्यालयमा तालिम सञ्चालन गरिनेछ । जिल्ला प्रहरी कार्यालयले एक हजार ३४ जना निर्वाचन प्रहरी भर्ना गर्न लागेको छ । जसमा नेपाल प्रहरी तर्फ ९ सय ८८ जना र सशस्त्र प्रहरी तर्फ ४६ जना भर्ना गरिएको छ ।

शैक्षिक योग्यता हुँदाहुँदै उपयुक्त रोजगारी नपाएका कारण ४० दिनकै लागि भए पनि निर्वाचन प्रहरीमा भर्ना हुन युवा तँछाडमछाड देखिएका हुन् । तालिम अवधिभर निर्वाचन प्रहरीलाई मतदान स्थलको जानकारी,सुरक्षा,भीड नियन्त्रण गर्ने तरिका,निर्वाचन ऐन कानुन सम्बन्धी जानकारी लगायतका विषयमा तालिम दिइने प्रहरी निरीक्षक मेघराज अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?