News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेत्री सोनम कपूर २०२५ को अन्त्यतिर दोस्रो सन्तानको पखाईमा छिन् र सामाजिक सञ्जालमा आफ्नो बेबी बम्प देखाएकी छिन्।
- सोनमले ८ मे २०१८ मा भारतीय व्यवसायी आनन्द आहुजासँग विवाह गरेकी हुन् र २०२२ मा पहिलो सन्तान जन्माएकी थिइन्।
- उनी सामाजिक विषयमा खुलेर बोल्छिन् र महिलाको आत्मनिर्भरता तथा लैंगिक समानताका लागि निरन्तर आवाज उठाइरहेकी छन्।
काठमाडौं । बलिउड अभिनेत्री सोनम कपूर आफ्नो दोस्रो सन्तानको पखाईमा छिन् । हालै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो बेबी बम्प देखाएर स्टाइलिस तस्वीरहरू सार्वजनिक गरेकी छिन् ।
सेतो सर्ट, लामो स्कर्ट, हातमा ब्याग र कालो चश्मामा स्टाइलिस देखिएकी सोनमले बेबी बम्पलाई बोल्ड रूपमा फ्लन्ट गरेकी थिइन् । तस्वीरको क्याप्सनमा ‘वर्किङ मदर’ राखेकी छिन्, जसले कामकाजीसँगै स्टाइलिस मातृत्वको सन्देश बाकेको देखिन्छ ।
सोनम कपूरले २०२५ को अन्त्यतिर दोस्रो पटक गर्भवती भएको खुलासा गरेकी थिइन । ४० वर्षीया सोनामले ८ मे २०१८ मा मुम्बईको बान्द्रामा परम्परागत सिक्ख विवाह समारोहमा भारतीय व्यवसायी आनन्द आहुजासँग विवाह गरिन् ।

विवाहपछि पनि उनले आफ्नो करिअर, पहिचान र सोचमा कुनै सम्झौता गरेकी छैनन् ।
अगस्ट, २०२२ मा कपूरले पहिलो सन्तान छोरा जन्माइन् । उनले एकपटक भनेकी थिइन्, ‘म आमाको रूपमा सकेसम्म राम्रो गर्ने प्रयास गर्नेछु, जसको मतलब अभिनय निश्चित रूपमा पछि पर्छ, तर म कहिल्यै पूर्ण रूपमा काम गर्न बन्द गर्ने छैन ।’

सोनमको पहिचान यतिमै सीमित छैन । उनी सामाजिक विषयमा खुलेर बोल्ने अभिनेत्री हुन् । लैंगिक समानता, महिलाको स्वतन्त्रता, नेपोटिज्म, मानसिक स्वास्थ्यजस्ता विषयमा उनको अभिव्यक्ति कहिलेकाहीँ विवादास्पद भए पनि स्पष्ट र निडर मानिन्छ ।

बलिउडमा धेरै कलाकार मौन बस्न रुचाउने बेला उनमा आफ्नो विचार सार्वजनिक रूपमा राख्ने साहस देखिन्छ । आमा बनेपछि पनि उनी महिलाको आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रताका विषयमा निरन्तर आवाज उठाइरहेकी छन् ।
सोनम कपूर पूर्ण रूपमा ‘परफेक्ट’ अभिनेत्री नहुन सक्छिन्, तर उनी फरक हुन् ।
उनले बलिउडमा सौन्दर्य मात्र होइन, सोच र शैली पनि महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश दिएकी छन् । यही फरकपन नै सोनम कपूरको सबैभन्दा ठूलो शक्ति हो ।
प्रतिक्रिया 4