ग्रीसमा तट–रक्षक जहाज र आप्रवासी बोकेको डुंगा एजियन सागरमा ठोक्किदा १५ जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार जनाएका छन् ।
टर्की नजिकैको चियोस टापुमा “नेभिगेसन लाइटहरू बिना र विदेशी यात्रुहरू बोकेको उच्च गतिको डुंगाको पाइलटले तटरक्षकको दृश्य र श्रव्य सङ्केतहरू प्राप्तिमा समस्या भए पछि दुर्घटना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तीन जना महिलासहित १४ जनाको शव समुद्रबाट निकालिएको र एक जना महिलाई जिवितै उद्धार गरेता पनि हाल उनको मृत्यु भइसकेको जनाइएको छ उद्धार गरिएका मध्ये ११ जना बालबालिका रहेको जनाइएको छ ।
पाँचवटा डुंगा र एउटा हेलिकप्टरमा आएका उद्धारकर्ताहरूले जिवित पीडितहरूका लागि बुधबार समुद्रमा खोजी गरिरहेको र आप्रवासी डुंगामा सवार व्यक्तिहरूको संख्या अज्ञात रहेको अधिकारीहरूले बताएका छन् ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीले नोभेम्बरमा सन् २०२५ मा भूमध्यसागर र पश्चिम अफ्रिकाको तटमा एट्लान्टिकबाट युरोप जाने मार्गमा एक हजार ७०० भन्दा बढी मानिस बेपत्ता भएको जनाएको थियो ।
आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले सन् २०१४ देखि हाल सम्म भूमध्यसागरमा करिब ३३ हजार आप्रवासी बेपत्ता भएको जनाएको छ ।
प्रतिक्रिया 4