+
+
Shares

ललितपुर-१ : महिला मतदाता ५० प्रतिशत, उम्मेदवार १० प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा कुल मतदाता ७७ हजार ७३७ मध्ये महिला मतदाता ३८ हजार ८९७ र पुरुष मतदाता ३८ हजार ८४० छन्।
  • यस क्षेत्रबाट कुल २८ जना उम्मेदवार छन्, जसमा २५ जना पुरुष र तीन जना महिला उम्मेदवार रहेका छन्।
  • नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी लगायत विभिन्न दलका उम्मेदवारहरू यस क्षेत्रमा चुनावी प्रतिस्पर्धामा छन्।

२३ माघ, काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदातामा पुरुष भन्दा महिला धेरै छन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार यो क्षेत्रमा कूल मतदाता ७७ हजार ७३७ छ । पुरुष मतदाताको संख्या ३८ हजार ८४० (४९.९६ प्रतिशत) र महिला मतदाता ३८ हजार ८९७ (५०.०४ प्रतिशत) छन् ।

उम्मेदवारमा भने पुरुष अधिक छन् । यो क्षेत्रबाट कुल २८ जना उम्मेदवार छन् । यसमध्ये २५ जना पुरुष (८९.२८ प्रतिशत) र तीन जना महिला (१०.७१ प्रतिशत) उम्मेदवार रहेका छन् ।

कुल २८ उम्मेदवारमा १६ जना दलीय उम्मेदवार हुन् भने १२ जना स्वतन्त्र उम्मेदवार छन् ।

नेकपा एमालेबाट चेत नाथ संजेल, नेपाली कांग्रेसबाट उदय शंशेर जबरा राणा, नेपाली कम्युनिष्ट पार्टीबाट सुनिल महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्ध रत्न महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सजिना कार्की, जनता समाजवादी पार्टी नेपालबाट महाविर स्याङतान तामाङ, नेपाल मजदुर किसान पार्टीबाट सरिता गोसाई देसार उम्मेदवार छन् ।

यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रोहित कुमार बास्तोला, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बाट अमृत नाथ बजगाईं, श्रम संस्कृति पार्टीबाट गौतम थापा, उज्यालो नेपाल पार्टीबाट पदम कुमार लामा उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?