+
+
Shares

भारतको मेघालय कोइलाखानी विस्फोटमा थप एक नेपालीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २४ गते १७:१५

२४ माघ, खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा थप एक नेपालीको मृत्यु भएको छ ।

मेघालयको पुर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विस्फोट हुँदा गम्भीर घाइते भएका खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको हो । यससँगै कोइलाखानी विस्फोटमा ज्यान गुमाउने नेपालीको संख्या तीन पुगेको छ ।

माघ २२ गतेको डाइनामाइट विष्फोटमा बराहपोखरी सालघारीका एकैघरका दाई २७ वर्षीय पूर्णबहादुर खपाङ्गी र भाई २४ वर्षीय सुरेन्द्र खपाङ्गीको मृत्यु भएको थियो ।

गम्भीर घाइते नरबहादुरको उत्तरपुर्वी इन्दिरागान्धी क्षेत्रीय स्वास्थ्य तथा चिकित्सा विज्ञान संस्थानमा उपचारको क्रममा माघ २३ गते दिउँसो मृत्यु भएको हो । उनको शरीरको अधिकांश भाग जलेको द शिलोङ टाइम्सले उल्लेख गरेको छ ।

जमीनभित्र भएको विष्फोटमा परेका बराहपोखरी सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङगी, बराहपोखरी भञ्ज्याङका ४० वर्षीय बमहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते छन् । बराहपोखरी वालम्पाका ताराबल मगर भने सकुशल छन् । ताराबलले नै फोनमार्फत घटनाबारे जानकारी गराएका हुन् ।

उनीहरू रोजगारीका लागि गत पुस ३ गते मेघालय गएका थिए । दर्जनौं कामदार कोईलाखानीको प्वालभित्रै फसेको अनुमान छ । फसेका कामदारको उद्धार कार्य जारी छ ।

सम्पत्ति कमाउन गएका आफन्त अवैध कोइलाखानीको विस्फोटमा परेपछि बराहपोखरीको सालघारी गाउँ शोकमा डुबेको छ । घटनाको खबर पाएपछि पीडित परिवार मेघालयतर्फ गएका छन् । परिवारको तीन छोरामध्ये पूर्णबहादुर जेठो र सुरेन्द्र माइलो हुन् । पूर्णबहादुरका श्रीमती र वर्ष दिनको छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?