+
+
Shares

फागुन २१ को चुनाव देशले जित्ने चुनाव हो : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते १०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन दल र नेताले होइन, देशले जित्ने चुनाव भएको बताए।
  • लामिछानेले पार्टीमा पदको होइन, जिम्मेवारीको बाँडफाँट भएको र अबको पाँच वर्ष एउटै सभापति, प्रधानमन्त्री र सरकार हुने बताए।
  • रास्वपाले रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा अभियान चलाउने र लामिछानेले देवदहबाट सुरु भएको अभियान साँझ लुम्बिनीमा समापन गर्ने जानकारी दिएको छ।

२६ माघ, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन दल र नेताले भन्दा देशले जित्ने चुनाव भएको बताएका छन् । ‘जनसम्पर्क’ नाम दिइएको कार्यक्रमका लागि रूपन्देही क्षेत्र नम्बर १ को देवदह खैरेनीमा आएका लामिछानेले यस्तो बताएका हुन् ।

‘दल र नेताले धेरैपटक जिते । हरेक निर्वाचनमा दलले जित्दै आएका छन् । तर फागुन २१ मा हुने यो चुनाव देशले जित्ने चुनाव हो,’ लामिछानेले भने ।

रास्वपामा बालेन्द्र शाह (बालेन)को  टिम समाहित भएको प्रसंग उल्लेख गर्दै उनले पार्टीमा पदको होइन, जिम्मेवारीको बाँडफाँट भएको लामिछानेले बताए । ‘हामीले पद बाडेका छैनौं, जिम्मेवारी विभाजन गरिएको छ,’ उनले पुरानै भनाइ दोहोर्याए ।

अबको पाँच वर्ष एउटै सभापति, एउटै प्रधानमन्त्री र एउटै सरकार हुने उनले बताए ।

सभापति लामिछानेले आफूहरुले घोषणापत्र नभइ काममा विश्वास गर्ने तर्क गर्दै विगतमा अन्य दलले गर्न नसकेका कामहरु आफूहरुले पुरा गर्ने जिकिर गरे ।

देवदहबाट सुरु भएको रुपन्देही जिल्ला स्तरीय अभियान साँझ लुम्बिनी पुगेर समापन हुने र लामिछाने कपिलवस्तु जिल्ला प्रवेश गर्ने रास्वपाले जनाएको छ ।

रास्वपा रुपन्देहीका सभापति डा. बुद्धि प्रसाद शर्माले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पुग्ने छन् । त्यसक्रममा बाटोमा पर्ने २६ स्थानमा सम्बोधन गर्न समयले नपुग्ने भएकाले केहीबेर रोकिएर सभापति लामिछानेले हात हल्लाएर बिदा हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?