+
+
Shares

नेप्से परिसूचक स्थिर, कारोबार रकममा सुधार

बुधबार कारोबार सुरु हुँदा २६६२.१४ अंकमा रहेको नेप्से ०.०४ अंक घटेर २६६२.१० बिन्दुमा झरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार ०.०४ अंक घटेर २६६२.१० बिन्दुमा स्थिर भएको छ।
  • बुधबार नेप्सेमा १ सय ३३ कम्पनीको सेयर मूल्य घटेको र १ सय १३ कम्पनीको बढेको छ।
  • नेप्सेमा बुधबार ३ सय २९ कम्पनीको ८२ हजार ४ सय ५० कारोबारबाट ८ अर्ब ६९ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ।

२८ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार स्थिर देखिएको छ । कारोबारको पहिलो समयमा बढेको नेप्से सूचक बन्द हुँदा स्थिर भएको हो ।

यो साता आइतबार १०.२४ अंक घटेको नेप्से सूचक सोमबार २६.०५ अंक घटेको थियो । त्यसैगरी मंगलबार १०.२५ अंक घटेको नेप्से बुधबार ०.०४ अंक घटेको हो । तर, बुधबार नेप्सेको कारोबार रकममा भने केही सुधार आएको छ ।

बुधबार कारोबार सुरु हुँदा २६६२.१४ अंकमा रहेको नेप्से ०.०४ अंक घटेर २६६२.१० बिन्दुमा झरेको छ । नेप्सेमा कारोबार भएका धेरै कम्पनीको सेयर मूल्य घटेको छ । त्यसले गर्दा पनि बजार सूचकमा सुधार आउन नसकेको हो ।

नेप्सेमा यस दिन १ सय ३३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी १ सय १३ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन नेप्सेमा कारोबार भएका १३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।

बुधबार नेप्सेमा कारोबार भएका धेरै समूहगत परिसूचक घटेका छन् । यस दिन वित्त समूह ६.३५, होटल ४७.०७, जीवन बीमा २९.३१, उत्पादनमूलक ४२.५५, लघुवित्त ३.३३, सामूहिक लगानी कोष ०.०७, अन्य ५.७६ र व्यापार ८.७७ अंक घटेका छन् ।

तर, बुधबार नेप्सेमा बैंकिङ समूह १.४९, विकास बैंक १०.१२, जलविद्युत् १६.७५, लगानी ०.०७ र निर्जीवन बीमा ९.६५ अंक बढेका छन् ।

बुधबार नेप्सेमा ३ सय २९ कम्पनीको ८२ हजार ४ सय ५० कारोबारबाट २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर ८ अर्ब ६९ करोड रुपैयाँमा खरिद बिक्री भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा धेरै हो ।

मंगलबार नेप्सेमा ३ सय २४ कम्पनीको ८९ हजार ८ सय ३६ कारोबारबाट २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता सेयर ८ अर्ब ६१ करोड रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?