+
+
Shares

सिंगल रहेको खुलाउँदै इभा गिरी : को-को सिंगल छन् भन्ने थाहा पाउन १४ फेब्रुअरीमा जिम जान्छु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कन्टेन्ट क्रिएटर इभा गिरीले इन्स्टाग्राममा आफ्नो रिलेसनसिप स्टाटस सिंगल रहेको स्पष्ट पारेकी छिन्।
  • इभाले ‘सिंगल्स अन भ्यालेन्टाइन्स’ ह्यासट्याग प्रयोग गरी आफू सिंगल रहेको बताएकी छन्।
  • इभाले भारतीय टिभी शोका पूर्वप्रतियोगीसँग प्रेम सम्बन्धको हल्ला खण्डन गरेकी छिन्।

काठमाडौं । सोसल मिडियामा अहिलेकी चर्चित कन्टेन्ट क्रिएटर इभा गिरीको चर्चा छ । उनले एकपछि अर्को भिडियोमार्फत चर्चा बटुलिरहेकी छिन् । कहिले जीम गर्छिन्, कहिले डान्स अनि कहिलेकाहिँ आफ्नै खाले भिडियो बनाउँछिन् ।

केही साताअघिसम्म उनी प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो । उनले एकपछि अर्को गरि भारतीय टिभी शो स्पिल्ट्सभिल्ला, रोडिज र बिगबोसको कन्नाडा संस्करणका एकजना पूर्वप्रतियोगी जसवन्त बोपन्नासँग रमाइला भिडियो बनाइरहेकी थिइन् ।

ती भिडियो हेरेर धेरैले उनलाई ती प्रतियोगीसँग प्रेम सम्बन्धमा हुनसक्ने अड्कल काटेका थिए । यतिबेला आएर इभाले हल्लाहरूको खण्डन गरेकी छिन् ।

इन्स्टाग्राममा जिम गर्दै गर्दाको भिडियो होस् या फ्यानसँगको अन्तक्रियाका भिडियोबाट, उनले आफ्नो रिलेसनसिप स्टाटस सिंगल रहेको बताएकी छन् । ‘अरु को–को सिंगल छन् भन्ने थाहा पाउन म १४ फेब्रुअरीमा जिममा जाँदैछु ।’ यसमार्फत उनले आफू सिंगल रहेको बताउन खोजेकी छिन् ।

उनले प्रयोग गरेको ह्यासट्यागमार्फत उनले आफू सिंगल रहेको बताएकी छन् । ‘सिंगल्स अन भ्यालेन्टाइन्स’ ह्यासट्याग प्रयोग गरेकी छन् । इभालाई इन्स्टा र टिकटकमा पछ्याउनेको संख्या धेरै छ ।

इभाले हालै दुर्गेश थापाको पछिल्लो गीत ‘नाच नाच भाइ नाच’ मा अभिनय गरेकी थिइन् ।

 

View this post on Instagram

 

A post shared by Eva Giri🇳🇵 (@evaaa.g__)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?