Comments Add Comment

रेडियो नेपालका निर्देशकलाई मन्त्रालय हाजिर गराइएको विरुद्द ज्ञापन

२० भदौ, काठमाडौं । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीलाई सूचना तथा सन्चार मन्त्रालयमा हाजिर गराइएको विरोधमा रेडियोका केही कर्मचारी संगठनले आपत्ति जनाएका छन् ।

नेकपा माओवादी र मधेशवादी सम्बद्द चार कर्मचारी संगठनले शुक्रवार सूचना तथा सन्चारमन्त्री डा. मिनेन्द्र रिजाललाई ज्ञापनपत्र बुझाउदै कार्यकारी निर्देशकलाई रेडियामै बहाली गराउन माग गरेका हुन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, रेडियो नेपाल मधेशी कर्मचारी मन्च, अखिल नेपाल अस्थायी करार ज्यालादारी कर्मचारी संघ र क्रान्तिकारी पत्रकार संघ रेडियो नेपाल शाखाको तर्फबाट मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।
उनीहरुले सरकारमा रहेका दल सम्बद्द कर्मचारी संगठनको आन्दोलनका कारण कार्यकारी निर्देशकलाई मन्त्रालय हाजिर गराइएको भन्दै आपत्ति जनाएका हुन् ।

उनीहरुले कार्यकारी निर्देशकलाई रेडियो नेपालमै हाजिर गराई नियमसंगत समाधान खोज्न आग्रह गरेका छन् ।
कार्कीले रेडियो नेपाल डुबाउन खोजेको र पत्रकारलाई जागिरबाट हटाएको लगायतका बिभिन्न माग राखी त्यहाँका युनियनहरुले दश दिनसम्म उनलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।

कर्मचारी संगठनहरुको दबाबपछि कार्कीलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिई प्रकाशजंग कार्कीलाई निमित्त कार्यकारी निर्देशकको जिम्मा दिएको छ ।

मन्त्रालयको पत्रविरुद्ध कार्यकारी निर्देशक कार्की अदालत गइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment