Comments Add Comment

बलिउड अभिनेता इरफान खानको निधन

काठमाडौं । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हो ।

अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई मंगलबार नै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए ।

गत वर्ष खान गम्भीर अस्वस्थ भएर लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो । लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए । गत वर्ष उनले एउटै मात्र फिल्म ‘अंग्रेजी मिडियम’ मा काम गरेका थिए । सो फिल्ममा काम गर्दा पनि उनको अवस्था ठीक थिएन ।

यो पनि पढ्नुहोस यस्तो छ इरफान खानको जीवनकथा

खानकी आमा सईदा बेगमको पनि हालै मात्र निधन भएको थियो । लकडाउनको कारण इरफान आफ्नी आमाको अन्तिम यात्रामा पनि उपस्थित हुन सकेका थिएनन् । उनले भिडियो कलमार्फत आमाप्रति श्रद्धान्जली प्रकट गरेका थिए ।

कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार लगायत फिल्ममा अभिनय गरेका छन् ।

बलिउड हुँदै हलिउडमा समेत ख्याती कमाएका उनी सन् १९६७ जनवरी ७ मा भारतको जयपुर, राजस्थानमा जन्मिएका थिए। इरफानका पिता साहबजादा यासिन अली खान उद्यमी थिए । आमा गृहणी थिइन्। उनका दुई भाइ छन्, सलमान खान र इमरान खान। रुखसाना बेगम नामकी एक बहिनी छिन् ।

उनले राष्ट्रिय नाट्य विश्वविद्यालयबाट प्रशिक्षण लिएका थिए । सन् १९९५ मा इरफानले सुतपा सिकदरसँग विवाह गरे । सुतपा पनि राष्ट्रिय नाट्य विद्यालयमै आवद्ध थिइन् । उनीहरूको कोखबाट दुई छोराहरू जन्मिए, अयान खान र बबिल खान ।

यो पनि पढ्नुहोस प्रिय साथी इरफान, बिदा !

इरफानले ‘सलाम बम्बे’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका हुन्, १९८८ मा ।  त्यसपछि उनी निरन्तर फिल्मी क्षेत्रमै तल्लिन रहे। यसबीचमा इरफानले हसिल, लाइफ इन ए..मेट्रो, पान सिंह तोमर, लन्च बक्स, जुरासिक वर्ल्ड, लाइफ अफ पाई जस्ता हलिउड, बलिउड फिल्ममा अभिनय गरे ।

यो पनि पढ्नुहोस इरफान खानको अन्तिम यात्रामा २० जना मात्र जाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment