Comments Add Comment

इरफान खानको अन्तिम यात्रामा २० जना मात्र जाने

बुधबार बिहान बलिउड अभिनेता इरफान खानले यो संसारबाट बिदा लिए । मंगलबार स्वस्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका इरफानको बुधबार निधन भएको हो ।

५४ वर्षीय इरफानलाई केही समयदेखि न्युरोइन्डोक्राइन भएको थियो ।

इरफानको अन्तिम संस्कार बुधबार साँझ ५ बजेको लागि तय भएको छ । तर, उनको अन्तिम संस्कारको यात्राको बलिउडका कोही पनि सेलिब्रेटीहरूको उपस्थिति हुने छैनन् ।

उनको अन्तिम संस्कारमा जम्मा २० जना व्यक्तित्वहरू रहनेछन् । जहाँ इरफानको परिवार र उनका निकटस्थ्यहरू मात्र हुनेछन्।

लकडाउनका कारण २० भन्दा बढी व्यक्तित्वहरू जम्मा गर्न नचाहेको उनको परिवारले बताएका छन् ।

इरफानको अन्तिम संस्कार मुम्बई पुलिसको निगरानीमा हुने बताइएको छ ।

बलिउड मिडियामा उल्लेख भएअनुसार उनको लासलाई अँधेरीको यारी रोड, वर्सोवा क्रिबिस्तानमा राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment