+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

स्याङ्जा-१ : एकै बैंकका २ पूर्वअध्यक्ष आमनेसामने

मुक्तिनाथ विकास बैंक स्थापना कालदेखि नै नेतृत्व तहमा रहेका दुई व्यक्तित्व अहिले फरक-फरक राजनीतिक दलबाट आमनेसामने भएका छन् ।

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
२०८२ फागुन ३ गते १०:४०

३ फागुन, स्याङ्जा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा स्याङ्जाको क्षेत्र नं. १ मा चुनावी माहोल तातिँदै गएको छ । यसपटक यहाँको मुख्य चासो एउटै बैंकसँग जोडिएका दुई पूर्व नेतृत्वबीचको प्रतिस्पर्धामा छ ।

मुक्तिनाथ विकास बैंक स्थापना कालदेखि नै नेतृत्व तहमा रहेका दुई व्यक्तित्व अहिले फरक-फरक राजनीतिक दलबाट आमनेसामने भएका छन् ।

नेपाली कांग्रेसबाट आँधीखोला गाउँपालिका-६ का भरतराज ढकाल चुनावी मैदानमा छन् भने नेकपा (एमाले) का तर्फबाट पुतलीबजार नगरपालिका-९ का मिनप्रसाद गुरुङ प्रतिस्पर्धामा छन् ।

ढकाल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्ष भैसकेका व्यक्ति हुन् । बैंक स्थापना भएको २०६३ सालदेखि करिब १२ वर्षसम्म उनले सीईओको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि २०७६ देखि २०८० सम्म अध्यक्षका रूपमा पनि काम गरे ।

बैंकसँग सम्बन्धित अन्य संस्थामा समेत नेतृत्व सम्हालिसकेका ढकालले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु गरेका हुन् । उनी नेपाली कांग्रेसको वित्तीय तथा सहकारी विभागको केन्द्रीय सदस्यसमेत रहिसकेका छन् । पत्रकारिताबाट सार्वजनिक जीवनमा प्रवेश गरेका ढकाल नेपाल पत्रकार महासंघ स्याङ्जाका संस्थापक सदस्य पनि हुन् ।

एमालेबाट उम्मेदवार बनेका गुरुङ पनि बैंकका संस्थापक सदस्यमध्ये एक हुन् । उनले २०७२ देखि २०७४ सम्म अध्यक्षको जिम्मेवारी सम्हाले । २०७४ को प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेपछि उनले बैंक नेतृत्व छाडेका थिए ।

विद्यार्थी राजनीतिबाट उदाएका गुरुङ २०३६ सालमा अनेरास्ववियु (पाँचौँ) स्याङ्जाका संस्थापक अध्यक्ष थिए । एमालेको गाउँकमिटी सचिवदेखि जिल्ला अध्यक्ष हुँदै हाल प्रदेश उपाध्यक्षको जिम्मेवारीमा रहेका गुरुङले प्रदेशसभामा एक कार्यकाल बिताइसकेका छन् । संघीय निर्वाचन भने उनको लागि पहिलो अनुभव हो ।

यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न दल र स्वतन्त्र गरी १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

अघिल्ला निर्वाचनहरूमा कांग्रेस र एमालेले पालैपालो जित्दै आएको यो क्षेत्रमा कुल १ लाख ३० हजार ८८६ मतदाता रहेका छन्  ।

बैंकिङ पृष्ठभूमिबाट राजनीति हुँदै संघीय संसद्को यात्रामा निस्किएका यी दुई उम्मेदवारमध्ये कसले मतदाताको मन जित्ला भन्ने चासो अहिले स्याङ्जाभर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?