+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

इष्टु कार्की लेख्छिन्, ‘भ्यालेनटाइन मनाउन इलाम आएँ ल’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते ११:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलामको पर्यटकीयस्थल माइपोखरीमा हट फोटो खिचेर चर्चामा आएकी इन्फ्लुएन्सर इस्टु कार्की फेरि इलाम पुगेकी छिन्।

त्यसो त इस्टु कार्की बेलबखत चर्चामा आइरहन्छिन्, कहिले पहिरनको कारण त कहिले फेसबुक स्टाटसको । रंगमञ्च हुँदै कन्टेन्ट क्रिएटर बनेकी उनी पछिल्लो समय माइपोखरी भ्रमणबाट एकाएक चर्चामा आइन् । यति चर्चामा आइन् कि, जति उनले त्यसअघि कुनै काम गरेर पाएकी थिइनन् ।

माइपोखरीलाई पृष्टभूमि बनाएर उदार पहिरनमा जसरी उनले फोटोहरू सार्वजनिक गरिन्, इस्टुको चर्चाको ग्राफ एकाएक आकाशियो । यसैलाई लिएर उनीसँग कसैले अन्तर्वार्ता लिए भने कसैले उडाए पनि ।

त्यति मात्र कहाँ हो र ? जब जब उनले फेसबुकमा फोटो राखिन् प्रतिक्रियामा ‘माइपोखरी’ जोड्न थालियो । उनलाई अन्तर्वार्ताहरूमा पनि माइपोखरीकै प्रसंग झिकेर प्रश्न गरियो ।

माइपोखरीको फोटोलाई लिएर हुनसम्म आलोचना भयो उनको । तर, जे आउँछ मज्जाले पचाउँछ भनेझैं इस्टुले यी सबै कुरामा बाल मतलब दिँदै आफ्नो काम जारी राखिन् ।

यतिबेला भने इस्टु फेरि माइपोखरीलाई गन्तव्य बनाएर इलाम पुगिन् । त्यो पनि भ्यालेनटाइनको मेसोमा । अनि इलामबाट माइपोखरी जाने बाटोमा फोटो राखेर उनले फेरी लेखिन्, ‘यसपाली भ्यालेनटाइन मनाउन इलाम आएँ ल ।’ चिरिच्याट्ट घरलाई पृष्टभूमि बनाएर उनले फोटो सार्वजनिक गरेकी छिन् ।

उनको यो फोटो र क्याप्सनमा पनि धेरैथरी प्रतिक्रिया आएका छन् । कसैले उनलाई इलाममा स्वागत गरेका छन् भने कतिले पुरानै कुरा झिकेर दिल्लगी पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?