+
+
Shares

‘परिवर्तन सानै कुराबाट सुरु हुन्छ’ भन्दै इस्टुले गरिन् पार्क सरसफाइ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इस्टु कार्कीले १२ जनवरीमा चिसो मौसमको पर्वाह नगरी हट फोटो सेयर गरेकी थिइन् जसले सामाजिक सञ्जालमा चर्चा बटुलेको छ।
  • मंगलबार उनले सहयोगीनगरस्थित पार्क सरसफाइ गरेको फोटो र भिडियो पोस्ट गर्दै 'परिवर्तन आफैबाट सुरुवात हुन्छ' भनिन्।
  • इस्टुको सरसफाइ कार्यलाई सामाजिक सञ्जालमा प्रशंसा मिलिरहेको छ र उनले 'सानो प्रयास, ठूलो आत्मसन्तुष्टि' भनेकी छन्।

काठमाडौं । इस्टु कार्की अहिलेकी चर्चित कन्टेन्ट क्रिएटर हुन् । उनको करिअर सुरुआत चाहिँ अभिनयदेखि सुरु भएको थियो । सामाजिक सञ्जालमा गर्ने विभिन्न पोस्टमार्फत उनी चर्चामा आइरहन्छिन् ।

कहिले पर्यटन प्रवर्धनको लागि भन्दै घुमघामका फोटो हाल्छिन्, कहिले हट फोटोहरू । जे भएपनि उनी सामाजिक सञ्जाल प्रयोगकर्ताको नजरमा रहिरहन्छिन् ।

१२ जनवरीमा उनले गरेको पोस्टले चर्चा बटुलेको थियो । चिसो मौसमको पर्वाह नगरि उनले हट फोटो सेयर गरेकी थिइन् । सामाजिक सञ्जालमा यो फोटोबारे चर्चा भयो ।

मंगलबार उनले सहयोगीनगरस्थित पार्क सरसफाइ गरेको फोटो र भिडियो पोस्ट गर्दै प्रशंसा बटुलेकी छिन् । ‘परिवर्तन आफैबाट सुरुवात हुन्छ । आजैबाट सुरु गरौं’ भन्दै उनले रिल्स सेयर गरेकी छन् ।

‘सानो प्रयास, ठूलो आत्मसन्तुष्टि । शनिबार हामीले सहयोगीनगरस्थित शान्ति बाटिका सरसफाइ गर्‍यौं’ भन्दै उनले सरसफाइका फोटो सेयर गरेकी छन् ।

इस्टुको यो कार्यलाई सामाजिक सञ्जालमा प्रशंसा मिलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?