+
+

पर्यटकलाई सुरक्षा दिन पर्यटक प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २१ गते ९:००

२१ भदौ, भक्तपुर । भक्तपुरमा आउने विदेशी पर्यटक असुरक्षित भएपछि महानगरीय प्रहरी परिषर भक्तपुरले जिल्लामा पर्यटकीय प्रहरी प्रभाग स्थापना गरेको छ ।

भक्तपुर नगरपालिकाले उपलब्ध गराएको नगरपालिकाको व्यासीस्थित भवनमा स्थापना भएको पर्यटकीय प्रहरी प्रभागको एक कार्यक्रमका बीच शुक्रबार पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले उद्घाटन गरे ।

सो अवसरमा सचिव श्रेष्ठले नेपालमा एकपटक आएको पर्यटक पटकपटक आउन सक्ने वातावरणको सिर्जना हुनु आवश्यक रहेको आँैल्याउँदै पर्यटकको सुुरक्षाका लागि पर्यटक प्रहरीको स्थापना गरेको बताए ।

पर्यटक प्रहरीले अब भक्तपुर आउने पर्यटकलाई ठगिन, आक्रमण, चोरी, लुटपाटबाट बचाउने, त्यस्ता घट्ना भएमा तत्कालै उद्धार गर्ने र दोषीलाई कारबाही गर्ने छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?