+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

विद्युत् उपभोक्ता वर्गीकरण परिवर्तन प्रस्ताव, प्राधिकरणको आम्दानीमा पर्ने असरबारे विवरण माग

प्राधिकरणले ग्राहक वर्गीकरण नियमावली तथा कार्यक्रम अनुसार उपभोक्ताको वर्ग छुट्याइदिन अनुरोध गर्दै पत्राचार गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत् प्राधिकरणले विद्युत् उपभोक्ता वर्गीकरण परिवर्तन गर्न विद्युत् नियमन आयोगसमक्ष प्रस्ताव पठाएको छ।
  • नियमन आयोगले वर्गीकरण परिवर्तनले प्राधिकरणको वार्षिक आम्दानीमा पर्ने असर र त्यसको न्यूनीकरणबारे विवरण मागेको छ।
  • आयोगले विस्तृत अध्ययनसहित प्रस्ताव पेस गर्न भनेको छ र आवश्यक विवरण प्राप्त भएपछि निर्णय गर्ने जनाएको छ।

३ फागुन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् उपभोक्ता वर्गीकरण परिवर्तन गर्न विद्युत् नियमन आयोगसमक्ष प्रस्ताव पठाएको छ ।

प्राधिकरणले ग्राहक वर्गीकरण नियमावली तथा कार्यक्रम अनुसार उपभोक्ताको वर्ग छुट्याइदिन अनुरोध गर्दै पत्राचार गरेको हो ।

पत्रपछि आयोगले त्यसबारे थप विवरण मागेको छ । नियमन आयोग अध्यक्ष डा. रामप्रसाद धितालले उपभोक्ता वर्गीकरण परिवर्तन गरिदिन प्रस्ताव गरिएको बताए ।

प्राधिकरणले नयाँ विद्युत दर (रेट) निर्धारण मागेको नभई उपभोक्ता वर्गीकरण परिवर्तन माग गरेको उनको भनाइ छ ।

आयोगले उपभोक्ता वर्गीकरण परिवर्तन गर्दा प्राधिकरणको वार्षिक आम्दानीमा के कस्तो असर पर्छ ? भनेर त्यसको विवरण मागेको छ ।

‘उपभोक्ता वर्गीकरण परिवर्तन गर्दा प्राधिकरणको वार्षिक आम्दानीमा कस्तो असर पर्छ र त्यो असरलाई प्राधिकरणले कसरी न्यूनीकरण गर्छ भन्ने उचित जस्टिफिकेसन सहित विवरण पेस गर्न हामीले पत्र लेखिसकेका छौं,’ उनले भने ।

प्राधिकरणले हालका उपभोक्तालाई उनीहरूको वर्गीकरण गरेर अर्को वर्गमा राखिदिन अनुरोध गरेको हो ।

‘होटलको व्यावसायिक वर्गीकरणभित्र पर्थ्यो, तर अब औद्योगिकभित्र पारियो भने अहिलेको दरमा फरक पर्छ, हामीले त्यही जानकारी माग गरेका हौं,’ अध्यक्ष धितालले भने ।

वर्गीकरण परिवर्तन आफैंमा दर निर्धारण नभए पनि त्यसले प्रत्यक्ष रूपमा महसुलमा असर पार्छ । अहिले केही उपभोक्ता व्यावसायिक, औद्योगिक वा सामुदायिक जस्ता फरक श्रेणीमा राखिएका छन् । कुनै होटल व्यावसायिक श्रेणीमा छ भने औद्योगिकमा सार्दा तिर्नुपर्ने महसुल फरक हुन्छ ।

यसकारण वर्गीकरण परिवर्तनले प्रत्यक्ष रूपमा प्राधिकरणको वार्षिक राजस्वमा प्रभाव पर्ने आयोगको ठहर छ ।

आयोगले प्राधिकरणसँग वर्गीकरण परिवर्तन गर्दा वार्षिक आम्दानीमा कति असर पर्छ ?, त्यसको असरलाई प्राधिकरणले कसरी समायोजन वा न्यूनीकरण गर्छ ? भन्ने विषयमा जानकारी माग गरेको हो ।

विभिन्न ग्राहक समूह (व्यावसायिक, औद्योगिक, सामुदायिक आदि) मा वर्गीकरण परिवर्तन हुँदा समग्र आय घट्न सक्ने संकेत देखिएकाले आयोगले विस्तृत अध्ययन सहित प्रस्ताव पेस गर्न भनेको हो ।

यसरी व्यापक वर्गीकरण परिवर्तन प्रस्ताव पहिलो पटक आएको आयोगले जनाएको छ । आवश्यक विवरण प्राप्त भएपछि मात्रै आयोगले निर्णय प्रक्रिया अघि बढाउने जनाएको छ ।

प्राधिकरणबाट मागिएको विवरण प्राप्त भएपछि आयोगले अध्ययन गरी उपभोक्ता वर्गीकरण परिवर्तनबारे अन्तिम निर्णय लिने छ । यस्तो निर्णयले विद्युत् उपभोक्ताले तिर्नुपर्ने महसुल, प्राधिकरणको आम्दानी संरचना तथा समग्र विद्युत् बजार व्यवस्थापनमा प्रभाव पार्ने अपेक्षा छ ।

प्राधिकरणको बोर्ड बैठकले नै निर्णय गरेर वर्गीकरणका लागि पत्राचार गरेको थियो । आयोगले लेखेको पत्रको जवाफ दिने गृहकार्य अघि बढेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?