News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली-अमेरिकी फेसन डिजाइनर कृति मैनालीले ‘न्यूयोर्क फेसन वीक २०२६’ मा आफ्नो पहिलो एकल रनवे प्रस्तुति दिएकी छन्।
- उनको फेसन ब्रान्ड के.आर.आई.टी.आई ले ‘रनवे सेभेन’ को मञ्चमा नेपाली सांस्कृतिक कथालाई आधुनिक कउचर सिल्हूटसँग समिश्रण गरेको छ।
- शोमा मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा, मिस कोस्मोपोलिटन वल्र्ड २०१९ विजेता प्रिया रानी लामा र टेलिभिजन होस्ट सागरिका श्रेष्ठ सहभागी थिए।
न्यूयोर्क । नेपाली-अमेरिकी फेसन डिजाइनर कृति मैनालीले विश्व फेसनको प्रतिष्ठित र प्रभावशाली मञ्च मानिने ‘न्यूयोर्क फेसन वीक २०२६’ मा आफ्ना पहिरन प्रस्तुत गर्दै डेब्यू गरेकी छन् ।
फेसन क्यालेन्डरको प्रमुख सिजन मानिने यस अन्तर्राष्ट्रिय कार्यक्रममा विश्वभरका चर्चित डिजाइनर, फेसन समीक्षक, सेलिब्रेटी, क्रेता र सञ्चारमाध्यमको सहभागिता रहने गर्छ, जहाँ नयाँ ट्रेन्ड, रचनात्मक दृष्टिकोण र लक्जरी कउचर प्रस्तुत गरिन्छ ।
मैनालीले केही दिनअघि प्रतिष्ठित प्रोडक्सन संस्था ‘रनवे सेभेन’ सँगको सहकार्यमा ‘न्यूयोर्क फेसन वीक’ मा डेब्यू गरेकी हुन् । यो महत्वपूर्ण उपलब्धिसँगै उनले एनवाईएफडब्लु २०२६ मा आफ्नो एकल रनवे प्रस्तुति समेत दिएकी छन्, जसले उनलाई विश्व फेसन समुदायमाझ स्वतन्त्र र सशक्त डिजाइनरका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

मैनालीको फेसन ब्रान्ड के.आर.आई.टी.आई ले ‘रनवे सेभेन’ को मञ्चमा आफ्नो पहिलो कउचर सङ्ग्रह प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय फेसन क्षेत्रमा ऐतिहासिक पाइला चालेको छ ।
उदीयमान लक्जरी ब्रान्डको यस सङ्ग्रहले हिमाली पर्वतका हातैले कोरिएका आकृति, सूक्ष्मतापूर्वक गरिएको डिजाइन तथा परम्परागत हस्तकला तत्वमार्फत नेपाली सांस्कृतिक कथालाई आधुनिक कउचर सिल्हूटसँग समिश्रण गरेको छ ।
यस शोकेसमा मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा, मिस कोस्मोपोलिटन वल्र्ड २०१९ विजेता प्रिया रानी लामा, टेलिभिजन होस्ट सागरिका श्रेष्ठलगायतको सहभागिता थियो । कार्यक्रममा डिजाइनरको सांस्कृतिक जरा र मौलिक पहिचानलाई सम्मान गर्दै विश्व फेसन क्षेत्रमा नयाँ र साहसी आवाज प्रस्तुत गरिएको थियो ।






प्रतिक्रिया 4