News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक लक्ष्मण पौड्यालले आफ्नो डेब्यू कथानक फिल्म 'भटभटे' को छायांकन जनकपुरमा सुरु गरेका छन्।
- फिल्मको छायांकन झन्डै ३५ दिन चल्नेछ र यसमा अञ्जना बराइली, सविन कार्की, रविन्द्र झा र प्रमोद अग्रहरि छन्।
- फिल्मको कथा नयनराज पाण्डेको हो र ३ देखि ४ करोड रुपैयाँ बजेटमा व्यवसायी सुरेश कार्कीले लगानी गरेका छन्।
काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ फेम्ड निर्देशक लक्ष्मण पौड्यालले आफ्नो डेब्यू कथानक फिल्म ‘भटभटे’ को छायांकन थालेका छन् । आइतबारदेखि जनकपुरमा छायांकन सुरु भएको हो ।
‘भ्वाइस’ को सातौं सिजन सम्पन्न भएको भोलिपल्ट पौड्याल फिल्मको काममा निस्किएका हुन् । जनकपुरसहित तराईको सेटिङमा खिचिने फिल्मको छायांकन झन्डै ३५ दिन चल्नेछ ।
फिल्मको शीर्ष भूमिकामा अञ्जना बराइली, ‘कार्टुन्ज क्रू’ का सविन कार्की, रविन्द्र झा, प्रमोद अग्रहरि लगायत छन् । रोमकम तथा सोसल ड्रामा जनरामा बन्ने फिल्मको कथाको केन्द्रमा मोटरसाइकल र त्यसलाई किन्ने सपना देख्ने युवालाई राखिएको छ ।

कथा चाहिँ चर्चित साहित्यकार नयनराज पाण्डेको हो भने पटकथा पौड्याल स्वयमले लेखेका हुन् । ३ देखि ४ करोड रुपैयाँ बजेट तय गरिएको यो फिल्मको लगानीकर्तामा व्यवसायी सुरेश कार्की छन् ।
पछिल्लो समय एकपछि अर्को हिट फिल्ममा अभिनय गरेकी अञ्जना यसमा शीर्ष भूमिकामा छिन् । उनी अभिनित ‘पूर्णबहादुरको सारंगी’ सर्वकालिन ब्लकबस्टर हो भने ‘परान’ सुपरहिट । यी दुवै फिल्मले उनलाई सफलताको स्वाद चखाइरहँदा अञ्जनाले नयाँ फिल्म ‘भटभटे’ गरेकी हुन् ।
इन्स्टाग्रामबाट फिल्म छायांकन सुरु भएको जानकारी दिँदै अञ्जनाले खुसी व्यक्त गरेकी छन् ।

प्रतिक्रिया 4