+
+
Shares

नेकपा संयुक्तले ल्यायो चुनावी घोषणापत्र (पूर्णपाठ)

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १४:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले ५ फागुन काठमाडौंमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
  • घोषणापत्रमा ५ वर्षमा कृषि उत्पादनमा आत्मनिर्भर बन्ने र राज्य जिम्मेवार बन्नुपर्ने उल्लेख छ।
  • १० वर्षमा नेपाल उद्यमी राष्ट्र बनाउने, ३० लाख पर्यटक भित्र्याउने र १० लाख रोजगारी सिर्जना गर्ने योजना बनाउने भनिएको छ।

५ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

कृृषिमा संरक्षणको नीतिले ५ वर्षमा हामी कृषि उत्पादनमा आत्म निर्भर हुनसक्ने उल्लेख गर्दै उक्त कुराको जिम्मेवार राज्य बन्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

‘हाम्रा पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, प्रशासन, कानून, राजनीतिलगायत सबै क्षेत्रलाई १० वर्षमा नेपाललाई उद्यमी राष्ट्र बनाउने ध्येयका साथ निर्देशित गर्नु पर्छ, आवश्यकताअनुसार पुनर्गठन गर्नु पर्छ,’ घोषणापत्रमा भनिएको छ ।

५ वर्षभित्रै आपतकालीन सेवा, विषपान, सडक दुर्घटनाको व्यवस्थापन गर्न सकिने जनशक्ति र आपूर्ति भएको आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमा नै व्यवस्था गर्नुपर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

‘आगामी १० वर्षमा ३० लाख पर्यटक भित्याउने र १० लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने योजना निर्माण गर्नु पर्छ, र यो सम्भव छ,’ घोषणापत्रमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?