+
+
Shares

नेपाल लाइफ इन्स्योरेन्सको ‘नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १४:४९

५ फागुन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसका अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ ।

‘एकै योजना बहु–लाभ ! सबै नारीका लागि सजिलो पहुँच !’ नारासाथ सार्वजनिक गरिएको योजना महिला जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा केन्द्रित विशेष योजना हो ।

यस योजनको मुख्य विशेषता बीमा लेखको वार्षिकोत्सवमा बीमांकका आधारमा नगद सुविधा प्रदान गर्नु, वृद्धिशील मृत्यु लाभ, मृत्युमा प्रदान गरिने बीमांक रकम हरेक ५ वर्षमा २५ प्रतिशतले बढ्नु रहेको छ ।

नेपाली जीवन बीमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता पूरक करार सुविधा समेत समावेश गरिएको यस योजनाले नारीको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा एकैसाथ प्रदान गरी सुनिश्चित भविष्यको सुरुवात गर्ने कम्पनीको भनाइ छ ।

यो बीमा योजना नारीको जीवनमा सुरक्षा, आत्मनिर्भरता र भविष्यको सुनिश्चितता केन्द्रमा राखी तयार गरिएको विशेष जीवन बीमा योजना हो । समानतासँगै सम्मानपूर्वक जीवनयापन गर्न सकुन् भन्ने उद्देश्यले नेपालमै पहिलो पटक नारी लक्षित, महत्त्वपूर्ण ऐच्छिक सुविधा सहित योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

मातृत्व नारी जीवनको सबैभन्दा सुन्दर, महत्त्वपूर्ण र संवेदनशील समय हो । तर, गर्भावस्थाको समयमा कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्या पनि आइपर्न सक्छ । समग्र नारीकै लागि बनेको योजना भएपछि विशेष लक्षित मातृत्व सुरक्षा ध्यानमा राखेर नेपाल लाइफले नेपाली जीवन बीमा जगतमै पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा ल्याएको हो ।

गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा अनुसार यदि गर्भावस्थाको समयमा यस पूरक करारभित्र पर्ने ११ गम्भीर गर्भावस्था सम्बन्धी जटिलतामध्ये कुनै पनि जटिलता पुष्टि भए एकमुष्ट १ लाख तुरुन्तै उपलब्ध हुनेछ ।

गर्भावस्था स्याहार सम्बन्धी अतिरिक्त पूरक करार सुविधा अन्तर्गत बीमा अवधीभित्र यदि बीमित महिला गर्भवती भएको प्रमाणित भए गर्भावस्थासँग सम्बन्धित स्वास्थ्य सेवाका लागि १ पटक एकमुष्ट १० हजार रुपैयाँ नेपाल लाइफले प्रदान गर्ने छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) न्यूनतम बीमांक रकम २ लाख ५० हजार र अधिकतम बीमांक रकम आयस्रोतका आधारमा गर्न सकिने छ ।

यस योजनामा बिमितको प्रवेश उमेर १८ वर्षदेखि ६५ वर्ष रहने छ । यस योजनासँगै विभिन्न ऐच्छिक पूरक करार सुविधा पनि लिन सकिन्छ । जस्तै, दुर्घटना मृत्यु लाभ, पूर्ण स्थायी अशक्तता  सुविधा, बीमा शुल्क छुट सुविधा पनि योजनासँगै लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?