News Summary
Generated by OK AI. Editorially reviewed.- यौनजीवन राम्रो बनाउन दुई व्यक्तिबीच विश्वास, खुल्ला कुराकानी र एकअर्कालाई बुझ्ने प्रयास आवश्यक हुन्छ।
यौनजीवन एउटा पाटो हो । कतिपयले यौनजीवन आफैं ठीक रहन्छ वा यसका लागि कुनै मेहनत गर्नुपर्दैन भन्ने सोच्छन् । तर वास्तवमा यौनजीवन राम्रो हुन दुई व्यक्तिबीचको विश्वास, खुल्ला कुराकानी र एकअर्कालाई बुझ्ने प्रयास चाहिन्छ ।
भन्नै पर्दा, कहिलेकाहीँ अप्ठ्यारो मानिने कुराहरूमा पनि खुलेर सल्लाह गर्नु नै सुखी यौनजीवनको रहस्य हो । यौनजीवन राम्रो बनाउन एकअर्काको कुरा सुन्ने, सहमति लिने, सुरक्षित रहने र आफ्नो शरीरको आवश्यकता बुझ्नु पर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् ।
यी कुराहरू वास्तविक जीवनमा अपनाउन सजिलो पनि छ ।
कोही व्यक्तिको यौनजीवन राम्रो छ वा छैन भन्नेकुरा व्यक्तिका केही बानीले निर्धारण गर्छ ।
१. मनमा लागेको कुरा खुलेर भन्छन्
उनीहरू आफ्नो पार्टनरले आफैं सबै कुरा बुझिदेओस् भनेर आशा गर्दैनन् । आफूलाई के मन पर्छ र के मन पर्दैन भन्ने कुरा पार्टनरलाई प्रष्टसँग भन्छन् । पार्टनरको कुरा पनि ध्यान दिएर सुन्छन् । अर्थात् एकअर्काको इच्छा राम्ररी बुझ्छन् ।
२. सधैं सहमति लिन्छन्
यौनका लागि एक पटक ‘हुन्छ’ भन्नुको अर्थ सधैंका लागि होइन । राम्रो बानी भएका व्यक्तिहरूले हरेक पटक आफ्नो पार्टनर तयार छ कि छैन भनेर सोध्छन् । यदि कतै अप्ठ्यारो महसुस भएमा बीचैमा रोक्न वा कुरा फेर्न उनीहरू हिचकिचाउँदैनन् ।
३. स्वास्थ्यको बारेमा पहिल्यै कुरा गर्छन्
पछि तनाव लिनु भन्दा सुरुमै स्वास्थ्य जाँच र सुरक्षित रहनेबारे कुरा गर्नु धेरै राम्रो हुन्छ । र, यौनजीवन स्वस्थ्य भएका व्यक्तिहरूले यसो गरिरहेका हुन्छन् । उनीहरू आफ्नो र पार्टनरको स्वास्थ्यप्रति सचेत हुन्छन् । यसले मनमा कुनै डर वा चिन्ता रहन पनि दिँदैन ।
४. सुरक्षाका उपायहरूमा हेलचेक्र्याइँ गर्दैनन्
उनीहरू जे गरिरहेका छन्, त्यसप्रति जिम्मेवार हुन्छन् । यसकारण यौनक्रिडमा जाँदै गर्दा उनीहरूले कन्डम वा अन्य सुरक्षाका साधनहरू प्रयोग गर्छन् । यसो गर्दा अनिच्छित गर्भ वा रोगहरूको डर हुँदैन । र, यौनको आनन्द पनि ढुक्क भएर लिन सकिन्छ ।
५. धुम्रपान/मद्यपानबाट टाढै रहन्छन्
धुम्रपानले शरीरको रक्तसञ्चारमा बाधा पुर्याउँछ । यौन उत्तेजनाका लागि शरीरमा राम्रोसँग रगत बग्नु जरुरी हुन्छ । त्यसैले स्वस्थ यौनजीवन चाहनेहरू प्राय: धुम्रपान गर्दैनन् अथवा यो बानी छोडिदिन्छन् ।
यसैगरी कतिपय अवस्थामा रक्सीले सुरुमा अलि जोस दिएको लागेता पनि लामो समयमा मद्यपानले शरीरलाई सुस्त बनाउँछ । यसले वास्तविक आनन्द दिँदैन । किनकि होसमा रहेर गरिएको यौन सम्पर्क नै सबैभन्दा सुखद् हुन्छ ।
६. तनाव कम गर्छन्
दैनिक जीवनमा धेरै तनाव भयो भने यौनमा रुचि घट्छ । त्यसैले राम्रो यौनजीवन भएकाहरू दिनभरिको थकाइ र तनावलाई कम गर्न केही समय आराम गर्छन् । लामो सास फेर्छन् । शान्त वातावरणमा हिँडडुल गर्छन् । संगीत सुन्छन् । अर्थात्, दिमाग शान्त भए मात्र यौनजीवन सुखद् हुन्छ ।
७. पर्याप्त निद्रा र आराम गर्छन्
तनाव जस्तै थकानले पनि यौन इच्छालाई दबाउँछ । जो मान्छे समयमै सुत्छन् र आफ्नो शरीरलाई आराम दिन्छन्, उनीहरूमा यौनका लागि आवश्यक ऊर्जा र जाँगर बढी हुन्छ । उनीहरूले शरीरलाई सक्रिय राख्न दैनिक व्यायाम पनि गर्छन् । यसो गर्दा आत्मविश्वास पनि बढ्छ । जसको प्रत्यक्ष असर यौनजीवनमा परिरहेको हुन्छ ।
प्रतिक्रिया 4