+
+
Shares

बाफ्टा अवार्डको प्रस्तुतकर्तामा हलिउड स्टारसँगै आलिया भट्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १६:२५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेत्री आलिया भट्टलाई बाफ्टाले २०२६ को अवार्ड समारोहमा प्रस्तुतकर्ताको सूचीमा समावेश गरेको छ।
  • बाफ्टाले २२ फेब्रुअरीमा हुने समारोहमा विजेताको नाम घोषणा गर्ने र ट्रफी प्रदान गर्ने प्रस्तुतकर्ताको सूची सार्वजनिक गरेको छ।
  • बाफ्टा २०२६ मा पौल थोमस एन्डरसनको फिल्म ‘वन ब्याटल अफ्टर अनअदर’ले सबैभन्दा बढी १४ मनोनयन पाएको छ।

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्टलाई प्रतिष्ठित ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्स (बाफ्टा) ले अवार्ड प्रस्तुतकर्ताको सूचीमा समावेश गरेको छ । बाफ्टा २०२६ को मञ्चमा उनी पनि देखिनेछिन् ।

बाफ्टाले सार्वजनिक गरेको सूचीअनुसार यी प्रस्तुतकर्ताले फेब्रुअरी २२ मा हुने समारोहमा विजेताको नाम घोषणा गर्ने र ट्रफी प्रदान गर्नेछन् । उक्त सूचीमा आलियासँगै ‘ओपेनहाइमर’का अभिनेता किलियन मर्फीको नाम पनि समावेश छ ।

अन्य प्रस्तुतकर्तामा किलियन मर्फी, एमी लु वुड, ब्रायन क्र्यान्स्टन, डेभिड जोन्सन, डेल रोय, लिन्डो, गिलियन एन्डरसन, ग्लेन क्लोज, ओलिभिया कुक, प्याट्रिक डेम्पसी, एरन पियरे, एलिसिया विकेन्डर, एरिन डोहर्टी, हन्ना वाडिङ्घम, क्याथरिन हान, केरी वासिङ्टन, लिटिल सिम्ज, म्यागी गिलेनहाल, मिया म्याक्केना-ब्रुस, मिली एल्कक, मिनी ड्राइभर, नोआ जूप, रेगे-जीन पेज, रिज अहमद, स्टम्र्जी र वारविक डेविस जस्ता अन्तर्राष्ट्रिय व्यक्तित्व पनि छन् ।

केही मनोनित कलाकार पनि प्रस्तुतकर्ताका रूपमा सहभागी हुनेछन् । यस सूचीमा एथन हक, माइकल बी. जोर्डन, केट हडसन, माइल्स क्याटन, एमिली वाटसन र स्टेलन स्कार्सगार्ड छन् ।

आलियाभन्दा अघि पनि अन्तर्राष्ट्रिय अवार्ड समारोहमा आमन्त्रित भारतीय कलाकारमा प्रियंका चोपडा र दीपिका पादुकोणको नाम पर्छ । सन् २०२१ मा प्रियंका चोपडा जोनस र सन् २०२४ मा दीपिका पादुकोण यस समारोहमा सहभागी भएका थिए ।

बाफ्टा २०२६ का मनोनयन हेर्दा, पौल थोमस एन्डरसनको लियोनार्डो डिक्याप्रियो अभिनीत फिल्म ‘वन ब्याटल आफ्टर अनअदर’ ले सबैभन्दा बढी १४ मनोनयन प्राप्त गरेको छ ।

यसपछि रयान कुग्लरको भ्याम्पायर ड्रामा ‘सिनर्स’ ले १३ नामांकन पाएको छ । क्लो झाओको शेक्सपियरियन ड्रामा ‘हैमनेट’ र जोश सफ्डीको ‘मार्टी सुप्रीम’ ले ११/११ नामांकन प्राप्त गरेका छन् ।

मनोनयन सूचीमा जोआचिम ट्रायरको ‘सेन्टिमेन्टल भ्यालु’ र गिलर्मो डेल टोरोको गोथिक महाकाव्य ‘फ्रान्केनस्टाइन’ ले ८/८ मनोनयन प्राप्त गरेका छन् ।

‘सर्वोत्कृष्ट फिल्म’ विधामा ‘वन ब्याटल आफ्टर अनदर’, ‘हैमनेट’, ‘मार्टी सुप्रीम’, ‘सिनर्स’ र नर्वेजियन पारिवारिक ड्रामा ‘सेन्टिमेन्टल भ्यालु’ मनोनित भएका छन् ।

‘सर्वोत्कृष्ट प्रमुख अभिनेता’ विधामा रोबर्ट अरामायो (‘आई स्वियर’), टिमोथी शालामे (‘मार्टी सुप्रीम’), लियोनार्डो डिक्याप्रियो (‘वन ब्याटल आफ्टर अनदर’), एथन हक (‘ब्लू मून’), माइकल बी. जोर्डन (‘सिनर्स’) र जेसी प्लेमन्स (‘बुगोनिया’) को नाम समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?