+
+
Shares

नीति र याच्नितले कसे लगनगाँठो (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १५:१७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री नीति शाहले एक वर्षपछि एरो-स्पेस इन्जिनियर याच्नित राणासँग धार्मिक विधिअनुसार विवाह गरेकी छन्।
  • नीतिले विवाह समारोहमा मनीष राईले डिजाइन गरेको रातो ब्राइडल लहेंगा लगाएकी थिइन् भने दुलाहाले सेतो शेरवानी र टोपी लगाएका थिए।
  • जोड़ीले आइतबार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा रिसेप्सन पार्टी आयोजना गर्नेछन्।

काठमाडौं । कानुनी विवाह गरेको झन्डै एक वर्षपछि अभिनेत्री नीति शाहले शुक्रबार धार्मिक विधिअनुसार विवाह गरेकी छन् । ललितपुरको प्लाजा होटलमा आयोजित विवाह समारोहमा परिवार, आफन्त र सेलिब्रेटी सहभागी छन् ।

एरो-स्पेस इन्जिनियर बताइएका याच्नित राणासँगको २ वर्ष लामो प्रेम सम्बन्धलाई शाहले वैवाहिक जीवनमा परिणत गरेकी हुन् । केही दिनदेखि नीति र यान्चित लगातार विवाह समारोहमा सहभागी भैरहेका छन् ।

मनिष राईको पहिरनमा दुलाहा-दुलही

नीतिले विवाह समारोहमा लगाएका पहिरनलाई मनीष राईले डिजाइन गरेका हुन् । राईले केही वर्षदेखि मिस नेपालका सुन्दरीसहितका सेलिब्रेटीको पहिरनलाई डिजाइन गर्दै आएका छन् ।

दुलही नीतिले समृद्धि र वैवाहिक सुखको प्रतीक मानिने गाढा रातो रंगको आकर्षक ब्राइडल लहेंगा लगाएकी छन् । पोशाकको किनार र स्कर्ट-ब्लाउजभरि सुनौलो रङ देखिन्छ, जसले रोयल लुक्स देखिन्छ ।

दुलाहाले सेतो रंगको परम्परागत पोशाक लगाएका छन् । उनले कढाइ गरिएको सेतो शेरवानीसँग सेतो धोती वा सुरुवाल शैलीको पहिरन लगाएका छन्, जसमा किनारमा हल्का डिजाइन छ । उनले परम्परागत नेपाली टोपी पनि लगाएका छन् ।

‘रिसेप्सन पार्टी’ आइतबार

नवविवाहित जोडीले सेलिब्रेटी र आफन्तको लागि आइतबार भव्य रिसेप्सन पार्टीको आयोजना गरेका छन् । चर्चित कलाकारदेखि संचारकर्मीहरू र थुप्रै व्यक्तित्वलाई विवाह भोजको लागि निम्तो दिइएको छ । भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा भोजको आयोजना गरिएको छ ।

नीतिले यसअघि आफ्नो विवाह ३ अलग-अलग हुने भेन्यूमा हुने बताएकी थिइन् । सोही योजनाअनुसार, विवाह आयोजना गरिएको हो । स्वयम्बर द प्लाजामा, संगीत र ककटेल पार्टी दरबारमार्गमा र रिसेप्सन पार्टी आर्मी अफिसर्स क्लबमा हुन लागेको हो । ककटेल पार्टीमा त पल शाह र बेनिशा हमालले ठुम्का नाचिसकेका छन् ।

प्लाजामै आयोजित अर्को पार्टीमा मिस नेपालका प्रतिस्पर्धीदेखि विभिन्न विधाका विजेता सुन्दरीले पर्फमेन्स दिइसकेका छन् । नीति स्वयम पनि ‘मिस नेपाल इन्टरन्यासनल २०१७’ की विजेता हुन् ।

नीतिको लाइनअप के छ ?

मोडलिङ हुँदै करिअर थालेकी नीति शाह मिस नेपाल इन्टरन्यासनल २०१७ की विजेता हुन् । त्यसयता उनी चर्चामा रहँदै आएकी छिन् । उनले ‘खजुरे ब्रो’ बाट फिल्म अभिनयमा डेब्यू गरेकी थिइन् ।

उनी अभिनित ‘नरसिंहा अवतार’ र ‘मोहर’ यसैवर्ष प्रदर्शनमा आए । ‘मोहर’ बक्सअफिस सफल समेत बन्यो । विवाह लगत्तै नीति रेखा थापाले निर्देशन गर्ने फिचर ‘माया भनेकै यस्तो होला’ मा ब्यस्त हुनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?