+
+
Shares

सेजलले ‘मिस इको इन्टरनेसनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते २०:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेजल राजभण्डारीलाई ग्रीन आर्ट मिडियाले ‘मिस इको इन्टरनेसनल नेपाल २०२६’ को उपाधि प्रदान गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रतिनिधि चयन गरेको छ।
  • राजभण्डारीले अप्रिलमा इजिप्टमा आयोजना हुने प्रतियोगितामा नेपालको मौलिक संस्कृति र पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाएकी छन्।
  • प्रतियोगितामा ७५ भन्दा बढी देशका सहभागी हुनेछन् र राजभण्डारीलाई प्रतिष्ठित व्यक्तिहरूले प्रशिक्षण दिने व्यवस्था गरिएको छ।

काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२६’ मा नेपालको प्रतिनिधित्व सेजल राजभण्डारीले गर्ने भएकी छन् ।

ग्रीन आर्ट मिडियाले उनलाई ‘मिस इको इन्टरनेसनल नेपाल २०२६’ को उपाधि प्रदान गर्दै प्रतिनिधिको रुपमा चयन गरेको हो ।

आयोजित कार्यक्रममा राजभण्डारीलाई गतवर्षकी विजेता संस्कृति भट्टले ताज पहिर्‍याइदिइन् । ताज ग्रहण गरेपछि उनले यसलाई आफ्नो जीवनको एक महत्वपूर्ण अवसर भएको बताइन् ।

राजभण्डारीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मौलिक संस्कृति र पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाइन् । अप्रिलमा आयोजना हुने प्रतियोगितामा ७५ भन्दा बढी देशका ‘इको सुन्दरी’ को सहभागिता हुनेछ ।

तयारीस्वरुप राजभण्डारीलाई ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठलगायत नेपालका प्रतिष्ठित व्यक्तिले प्रशिक्षण दिनेछन् ।

वातावरण र पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ ‘ब्युटी फर इको’ नारासहित एलटीसीपी अर्गनाइजेसनले सन् २०१५ बाट इजिप्टमा यो प्रतियोगिता सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?