+
+
Shares

अर्जेन्टिनामा ७ करोड वर्ष पुरानो डाइनोसरको दुर्लभ अण्डा फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ९ गते १०:०१

९ फागुन , काठमाडौं । अर्जेन्टिनाको राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक अनुसन्धान परिषद्का प्यालेन्टोलोजिस्टहरूले पाटागोनिया क्षेत्रमा डाइनोसरको एउटा सुरक्षित अण्डा फेला पारेका छन् ।

करिब ७ करोड वर्ष पुरानो मानिएको यो अण्डा बोनापार्टेनीकस नामक सानो मांसाहारी डाइनोसरको हो ।

यो खोजलाई वैज्ञानिक जगतमा एउटा चमत्कार मानिएको छ, किनभने मांसाहारी डाइनोसरका अण्डाका बोक्रा शाकाहारीको तुलनामा निकै पातला र कमजोर हुन्छन् ।

मुख्य अनुसन्धानकर्ता डा. फेडरिको एगोलिनका अनुसार, बालुवाको विशेष अवस्थाले गर्दा यो अण्डा नफुटिकन जोगिएको हो ।

रियो नेग्रो प्रान्त, जसलाई वैज्ञानिकहरूले ‘प्रागैतिहासिक नर्सरी’ को संज्ञा दिएका छन्। यहाँ अन्य घस्रने जन्तु र स्तनधारी प्राणीका अवशेषहरू पनि भेटिएका छन् ।

यस क्षेत्रमा भेटिने अन्य अवशेषहरू टुक्रिएका भए तापनि यो अण्डा पूर्ण अवस्थामा छ । वैज्ञानिकहरूले यसभित्र डाइनोसरको भ्रूण (बच्चा) हुनसक्ने बलियो सम्भावना व्यक्त गरेका छन् ।

यो अण्डाको बनोटले मांसाहारी डाइनोसरको विकास र आधुनिक चराहरूसँगको उनीहरूको सम्बन्धबारे महत्त्वपूर्ण जानकारी दिनेछ ।

वैज्ञानिक टोलीले अब यो अण्डाको ‘स्क्यान’ गरेर भित्र रहेको वस्तुको अध्ययन गर्नेछ। त्यसपछि यसलाई पाटागोनियाकै एक संग्रहालयमा सर्वसाधारणको अवलोकनका लागि राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?