+
+
Shares

रौतहट घटना : उच्च संयमता अपनाउन केन्द्रीय सुरक्षा समितिको आग्रह, के भयो निर्णय ?

सुरक्षा निकायका चारवटै प्रमुखसहित बसेको बैठकले रौतहटमा सद्भाव कायम गर्न आग्रह गरिएको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ९ गते २१:३४

९ फागुन, काठमाडौं । सरकारले रौतहटमा भएको घटनामा सबैलाई उच्च संयमता अपनाउन आग्रह गरेको छ ।

रौतहटमा दुई समुदायबीच भएको विवादले उत्पन्न अवस्थाबारे छलफल गर्न शनिबार दिउँसो केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो ।

सुरक्षा निकायका चारवटै प्रमुखसहित बसेको बैठकले रौतहटमा सद्भाव कायम गर्न आग्रह गरिएको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

‘रौतहटको घटनामा सबैलाई उच्च संयमता र सद्भाव कायम गर्न आग्रह गरिएको छ । जिल्ला सुरक्षा समितिलाई सबै निकायसँग समन्वय गरेर उचित सुरक्षा व्यवस्था कायम गर्न निर्देशन दिइएको छ,’ बैठकको निर्णयबारे जानकारी गराउँदै उनले भने ।

त्यस्तै, उक्त घटनामा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको उनले बताए ।

रौतहटमा अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले शनिबार दिउँसो १ बजेबाट कर्फ्यू लगाएको छ ।

दुई समूहबीचको लफडाका कारण बिहीबार रातिदेखि नै रौतहट तनावग्रस्त बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?